|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि नवौं चरणका खेल सुरु हुँदैछ।  

नवौँ चरणको पहिलो खेलमा दुईवटा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ भिड्दैछन्। यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा दिउँसो १२ बजे शूरू हुनेछ।

आठौं चरणका खेल सकिँदा पुलिस १२ अंक जोडेर सातौँ स्थानमा छ भने सशस्त्र जम्मा पाँच अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ। त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा तालिकाको दोस्रो स्थानको मच्छिन्द्र र चौथो स्थानको थ्री स्टार क्लब भिड्दैछन्।

१६ अंकसहित दोस्रो स्थानमा रहेको मच्छिन्द्र आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिने योजनामा मैदान उत्रिँदा १४ अंकसहित चौथो स्थानमा रहेको थ्री स्टार दोस्रो स्थानमा उक्लिने उद्देश्यमका साथ मैदान उत्रिनेछ।

तालिकामा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मीको १७ अंक छ भने तेस्रो स्थानको मनाङमर्स्याङ्दीको १६ अंक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.