|

दाङ :  दाङका एक युवाको दुबईमा भवन निर्माणका क्रममा लडेर मृत्यु भएको छ। दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय  सोमराज वलीको दुबईमा भवन निर्माणका क्रममा लडेर मृत्यु भएको स्थानीय प्रेम केसीले बताए। भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

 करिब २ वर्ष पहिले रोजगारीको शिलशिलामा दुबई गएका वलीको यही माघ १२ गते मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.