|

पर्सा : वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाकाे बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। 

प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका सुरक्षागार्डले प्रहरीलाई खबर गरेका थिए। 

नेपाली सेनाको चण्डी प्रसाद गणबाट गएको टोलीले सो बमलाई निष्क्रिय पारेको हो। कुकरमा डेटोनेटरसहित बम जडान गरी राखिएको पाइएको सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ। 

बम राखिएको घटनाबारे थप अनुसन्धान थालिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए। नगरमा आम सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले कसैले बम राखेको हुने सक्ने प्रहरीले अनुमान गरेको छ।

देशका अन्य भूभागमा बम र विस्फोटक वस्तुहरु भेटिएपनि वीरगञ्जमा केही बर्षयता यस्तो गतिविधी भएको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.