|

काठमाडाै‌ं : शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  लिगमा नवौँ चरणको दोस्रो खेलमा आज थ्रिस्टार क्लबलाई २—० का गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले त्रिभुवन आर्मिसँगको अंक दूरी बढाएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रलाई छैठौं जित दिलाउने क्रममा रेजिन सुब्बा र विशाल राई बीले एक एक गोल गरे। पहिलो हाफमा १—० को अग्रता बनाएको मच्छिन्द्रले दोस्रो गोल ९० औं मिनेटमा थपेको हो। योसँगै मच्छिन्द्रले ९ खेलमा ६ खेलमा जित र २ खेल बराबरी गर्दै कुल १९ अंक बनाएको छ। ८ खेल खेलेको आर्मीको १७ अंक छ।

थ्रीस्टारलाई भने आजको हारले उपाधि होडमा ठूलो धक्का लागेको छ। चौथो स्थानमा रहेको थ्रीस्टारले ९ खेलमा ४ खेलमा जित र २ खेलमा बराबरी गर्दै १४ अंक बनाएको छ।

त्यसअघि आजै विभागिय क्लब नेपाल पुलिसले चौथो जित दर्ता गरेको छ। नवौँ चरणको पहिलो खेलमा पुलिसले अर्को विभागीय टोली शसस्त्र प्रहरी बल एपिएफ क्लबमाथि १—० को जित निकालेको हो। दशरथ रंगशालामा पुलिसलाई जित दिलाउन कप्तान भोला सिलवालले खेलको १३ औं मिनेटमा निर्णायक गोल गरे।

आजको जितसँगै पुलिस ९ खेलमा ४ खेलमा जित र २ खेल बराबरी गर्दै कुल १४ अंकसहित शीर्ष पाँचमा उक्लिएको छ। एपिएफ जम्मा ५ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.