बाक्लो हुस्सुले दुर्घटना, नौजना घाइते

|

बुटवल : रूपन्देहीमा मंगलबार भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा जाँदै गरेका ३ ट्रक अनियन्त्रित भई एकापसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

भैरहवा-परासी सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४ छिपागढमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो। यो दुर्घटनामा अन्य ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बिहान हुस्सु लागेको बेला अत्यधिक गतिमा रहेका ट्रकहरु ठोक्किएका हुन्।

भैरहवादेखि परासी जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्य ५ जना पनि घाइते भएका छन्। घाइतेलाई भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.