|
फाइल तस्बिर

बुटवल : रुपन्देहीको रोहिणी गाउँपालिकामा मंगलबार विहान भएको ट्रक दुर्घटना परी मृत्यु हुने तीनजनाकै सनाखत भएको छ। मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन्।

भैरहवा–भुमही सडक खण्डको छिपागढमा ३ वटा ट्रक एक आपसमा  जुधेका थिए। प्रहरीकाअनुसार दुर्घटनामा घाइते भएका नौजनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते हुनेहरूमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ का ४७ वर्षीय दुधई हरिजन र सिन्धुली रातामाटे बस्ने २७ वर्षीय मोहन राईको अवस्था अत्यन्त गम्भीर छ।

भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६  नम्बरको ट्रक मंगलबार बिहान पौने ७ बजेतिर एकआपसमा ठोक्किएको थियो। तराईमा बाक्लो हुस्सु र कुहिरोले सडक दुर्घटना बढाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.