|

बैतडी : सुदूरपश्चिम विश्वविद्यालयलाई प्रदेश सरकार मातहत नभइ केन्द्रीय सरकारअन्तर्गत नै राख्न माग गरिएको छ। प्रदेश सरकार मातहत राख्ने चलखेल भएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ती जनाएको छ। 

उच्च शिक्षा ऐन २०७६ को मस्यौदामा सुदूपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्व विद्यालय बनाउने गरी व्यवस्था गरिएको सो व्यवस्थाका विरोधमा आफूहरू रहेको सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका उपसभापति डा. दीपकराज जोशीले जानकारी दिए। 

प्राध्यापक संघले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम विश्वविद्यालयको प्रस्तावनामा नै नेपाल सरकारले सञ्चालन गर्ने भनेकाले प्रदेश सरकार मातहत ल्याउनका लागि गरिएको प्रयास दुखद भएको जनाएको छ। यो क्षेत्रमा लामो समयपछि विश्वविद्यालय स्थापना भएको र सुदूरपश्चि प्रदेश सरकार आँफै विभिन्न समस्यामा रहेकाले विश्वविद्यालय प्रदेश सरकार मातहत ल्याउने कार्य आफूहरूले नस्वीकार्ने जोशीले बताए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा संसदबाट पारित गर्ने तयारी गरिएको छ। विज्ञप्तिमा भनिएको छ  यो मस्यौदामा भएको व्यवस्था हामीलाई मान्य हुने छैन। सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय सरकार मातहत नै रहनुपर्छ।’

सुदूरपश्चिम विश्वविद्यालयमा दरबन्दी मिलान लगायतका कार्यहरू पनि अझै पनि बाँकी रहेका विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा उच्च शिक्षा ऐनको मस्यौदा २०७६ मा गरिएको व्यवस्था संशोधन गर्न पनि माग गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.