|

डडेल्धुरा : डडेल्धुरामा अवैध हतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका ३ का ५४ वर्षीय नरसिंह नायक रहेका छन्।

परशुराम नगरपालिका ३ द्वारीवन जंगलबाट प्रहरीको टोलीले अवैध भरूवा बन्दुकसहित नायकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

प्रहरीले नायकको साथबाट एक नाले भरुवा बन्दुक एक थान, चक्कु एक थान, धातुको गोली १६ थान, धातुको छर्रा नौ थान, केप नौ थान, केप बनाउन प्रयोग गरिने पाता ६ थान, बारुद एक बट्टासमेत बरामद गरेको छ।

पक्राउ परेका नायकमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजीम हातहतियार खरखजाना कसूरमा बुधबार जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थपेर अनुसन्धान भइरहेको डीएसी न्यौपानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.