'हामीसँग जे छ, त्यही बेच्‍ने हो'

|

नेपालमा लागू औषध गाँजाको उत्पादन र व्यापारमाथि लगाइएको प्रतिबन्ध खुलाउनुपर्ने मागसहित संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। औषधीय गुण भएको गाँजामाथि प्रतिबन्ध हटाउने प्रस्तावले पक्ष विपक्षमा बहस सुरु भएको छ । गत सोमबार ४५ जना सांसदले प्रतिनिधि सभामा गाँजा-भाङमा लगाइएको कानुनी प्रतिबन्ध हटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा नेपालको भू-भाग प्राकृतिकरुपमा नै गाँजा खेतीका लागि अब्बल भएकाले विश्वका अन्य देशहरुले जस्तै किसानको जफवनस्तर उकास्त र विदेशी मुद्रा आर्जनका लागि कानुन परिमार्जन गरी सरकारको निगरानी र नियन्त्रणमा बैधानिकता दिनपर्ने सुझाइएको छ । यसै सन्दर्भमा संसदमा दर्ता गरिएको उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडासँग थाहाकर्मी सरस्वती अधिकारीले गरेको कुराकानीको अंश :

गाँजा खेती र व्यापारमाथिको प्रतिबन्ध किन हटाउने? 

आजभन्दा ४०, ५० वर्षअघि गाँजामाथि किन प्रतिबन्ध लगाइयो, थाहा भएन। तर अहिले विश्वका सबै अग्रणी देशहरुले औषधीय गुणसहितको गाँजालाई वैधानिकता दिइरहेका छन्। मानवअधिकार, लागुऔषध र आतंकवादविरुद्ध लडिरहेका युरोपेली मुलुक, अमेरिका, क्यानाडा र अस्ट्रेलियासहित ६५ भन्दा बढी देशले गाँजालाई वैधानिकता दिइसकेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लेसमेत ‘गाँजा के हो?’ भन्‍नेबारे अनुसन्धान गरेको छ। डब्लुएचओको अनुसन्धानले गाँजा ९८ प्रतिशत औषधिजन्य विरुवा रहेको ठहर गरिसकेको छ। 

उनीहरुको बुद्धि नभएको अनि हामी चाहिँ सबैभन्दा बुद्धिमान भनेर बस्‍ने कुरा हुन्‍न। उनीहरुले आफ्ना किसानलाई मनाएर मल्टिनेशनल कम्पनीको औषधि उत्पादनमा गाँजा लगेर करोडौं आम्दानी गराइरहेका छन् । हामी गरिब मुलुकचाहिँ मुर्ख बनेर सुकुम्बासी, उनीहरुको दास भएर बस्‍ने जीवनभर?

अहिले पनि औषधि बन्‍ने क्रममा धेरै प्रयोग हुने ३ सय भन्दा बढी र सबै मिलाउँदा २५ सय बढी औषधिमा कुनै न कुनै प्रकारले गाँजाको प्रयोग भइरहेको छ। अब प्रश्‍न बाँकी रह्‍यो हामी गरिब मुलुक, अमेरिका, युरोप धनी। उनीहरुले गाँजालाई आफ्नो देशमा बैधता दिएर मकै, कपास र अन्य खेतीभन्दा चारगुणा भन्दा बढी आम्दानी गरिरहेका छन्। हामी जस्तो गरिब मुलुक चाहिँ सन्धि सम्झौताका नाममा अवैध भनेर जेल जान पर्ने? त्यो पनि जनजाती अल्पसंख्यक, पिछडिएका, पहाडी-हिमाली भेगमा बस्‍ने सर्वसाधरणहरु। अनि ती देशहरुलाई चाहिँ अन्तराष्ट्रिय सन्धि सम्झौता केही नलाग्‍ने। त्यही सन्धि सम्झौतामा दस्तखत गरेको हामीलाई लाग्‍ने भन्‍ने याे त हुन्‍न।

प्रतिबन्ध लगाउँदा त समाजमा लुकीलुकी नशा लिनेहरुको यतिखेर धेरै  बिगबिगी छ। खुलाइँदा समाजमा अपराध बढ्दैन?

हाम्रो देशमा ज्यान मार्न प्रतिबन्ध लगाइएको छ, भ्रष्टाचार रोक्न प्रतिबन्ध लगाइएको छ, बलात्कारमा प्रतिबन्ध छ, तर रोकिएको छैन नी। कानुनले प्रतिबन्ध लगाउँदैमा रोकिने होइन। त्यसैलाई लागु औषधमा राख्‍न सन्धि सम्झौताको नेतृत्व गर्ने अमेरिकासहितका देशहरुले खुला गरिसके। उनीहरुको बुद्धि नभएको अनि हामी चाहिँ सबैभन्दा बुद्धिमान भनेर बस्‍ने कुरा हुन्‍न। उनीहरुले आफ्ना किसानलाई मनाएर मल्टिनेशनल कम्पनीको औषधि उत्पादनमा गाँजा लगेर करोडौं आम्दानी गराइरहेका छन् । हामी गरिब मुलुकचाहिँ मुर्ख बनेर सुकुम्बासी, उनीहरुको दास भएर बस्‍ने जीवनभर?

गाँजाको बजार, कहाँ, कति कमाउन सकिन्छ भनेर हिसाब गर्नुभएको छ तपाईंहरुले?

अहिले पनि औषधि बन्‍ने क्रममा धेरै प्रयोग हुने ३ सय भन्दा बढी र सबै मिलाउँदा २५ सय बढी औषधिमा कुनै न कुनै प्रकारले गाँजाको प्रयोग भइरहेको छ। अब प्रश्‍न बाँकी रह्‍यो हामी गरिब मुलुक, अमेरिका, युरोप धनी। उनीहरुले गाँजालाई आफ्नो देशमा बैधता दिएर मकै, कपास र अन्य खेतीभन्दा चारगुणा भन्दा बढी आम्दानी गरिरहेका छन्। हामी जस्तो गरिब मुलुक चाहिँ सन्धि सम्झौताका नाममा अवैध भनेर जेल जान पर्ने?

सबै हिसाब गरेका छौँ। अमेरिका जस्तो देशले ४२ प्रान्तमा गाँजाको उत्पादन खुल्ला गरिसकेको छ। त्यसलाई औषधिजन्य काममा प्रयोग गरेर मल्टिनेशनल कम्पनीहरुलाई दिने काम गरिरहेको छ। उनीहरुले नै अवलम्बन गरेको सन्धि, कानुन, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ, त्यही विधि, प्रतिबद्धता भित्र रही उनीहरुले उत्पादन गरेर जहाँ बेचिरहेका छन्, हामिले त्यही बेच्‍ने हो। 

कसरी गर्ने त यसको व्यवस्थापन?

सरकारी नियमन, निगरानीमा र सरकारले तोकेको क्षेत्रमा उत्पादन गर्ने र किसानको आम्दानी बृद्धि गराउने हो। विदेशी मुद्रा देशमा आर्जन गर्ने, सुखी नेपाली र समृद्ध नेपाल तर्फको यात्रा तय गर्नुपर्छ। हामीसँग जे छ त्यही बिक्री गर्ने हो। नेपालमा प्राकृतिक रुपमा गाँजा उत्पादन हुन्छ। अन्यत्र नक्कली खेती भइरहेको छ । त्यसकारण हामीसँग भएको सम्पत्ति बेच्नतिर लाग्नुपर्छ । अर्काको लहैलहैमा लागेर बस्ने होइन । हामीलाई लहैलहैमा लगाउनेले नै अहिले उत्पादन गरेर बेचिरहेको छ त्यो हेर्नुपर्छ। समाजमा यसले विकृति ल्याउने कुरामा अल्झेर हुन्‍न। अहिले प्रतिबन्धित हुँदा पनि त जहाँ खोज्यो त्यहीँ पाइन्छ, भने किन खुल्ला नगर्ने ?

प्रतिबन्ध फुकुवा गर्दैमा गाँजाको खेती र कारोबार सहज हुन्छ त?

अन्य ६५ मुलकुमा सहज भइरहेकै छ। हामी नचाहिँदो बहसमा अल्झिरहेका छौँ । हामीसँग मेचीदेखि महाकालीसम्म अर्थात् इलामदेखि दार्चुलासम्म, तराईका फाँटमा गाँजा प्राकृतिक रुपमा उत्पादन हुन्छ । हामी विश्‍वभन्दा उल्टो हिंड्न खोजेको पनि होइन । विश्‍व स्वास्थ्य संगठनलेसमेत यसलाई लागुऔषध होइन, औषधिजन्य पदार्थ भनिसकेको अवस्था छ । हामीकहाँ मदिरा हुने, चुरोट हुने गाँजा नहुने भन्‍ने हुन्‍न । हेरोइन, अफिम, कोकिनले शरीरलाई मार्छ, गाँजाले मार्दैन भनेर डब्लुएचओले प्रतिवेदन दिइसकेको छ। त्यसकारण हाम्रो मानसिकता परिवर्तन गर्न आवश्यक छ। 

यसले नेपाललाई लागु औषधको केन्द्र बनाउन सक्ने खतरा हुन्‍न?

हामी यस्तै परिकल्पना गरेर बसिरह्‍यौँ भने अमेरिका, युरोपले कमाइसक्छन् । १५ वर्षपछि यस्तो पनि गर्न हुने रहेछ भनेर पछुताउनु बाहेक केही हुन्‍न। त्यसबेला किन्‍ने ५ जना पनि भेटिन्‍न।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.