|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीे नेकपाको केन्द्रीय कमिटीको बैठक बुधबारबाट सुरु भयो। पाँच दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सम्बोधन गरे। सरकार र पार्टीको गतिविधिको विषयमा छलफल हुनुअगावै प्रधानमन्त्रीले जानकारी गराए। 

नेकपा केन्द्रीय सदस्यहरुले अहिले सरकारको गतिविधिबारे आलोचना गरिहेका छन्। सरकारले पूर्णत: अहिलेसम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको प्रधानमन्त्री ओलीले दाबी गरे पनि केन्द्रीय सदस्यहरु सरकारी कामका कारबाहीबाट खासै सन्तु‍ष्ट छैनन्। 

सरकारले जनताको पक्षमा काम गरेको छ : प्रधानमन्त्री

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीेले नेकपाको सरकार आएपछि जनताको पक्षमा धेरै कामहरू भएको प्रष्टाएका थिए। भ्रष्टाचार र सुशासनको पाटोमा पनि परिवर्तन आएको दाबी गरे। ‘अहिले नेकपाको झण्डै दुई तिहाइको सरकार निर्माण भएको छ। यसले जनताको पक्षमा निरन्तररूपमा काम गरेको छ’ प्रधानमन्त्री ओलीले भने। 

सरकारबाटै भ्रष्टाचार र विकृति 

अहिलेको सरकारका आएपछि विकास निर्माण, सुशासन र भ्रष्टाचारमा कमी आएको अभिव्यक्ति प्रधानमन्त्रीले छलफलअगावै दिएका थिए। तर, छलफलको क्रममा नेकपाको केन्द्रीय सदस्यहरूले सरकारले सोचेअनुरूप काम गर्न नसकेको, भ्रष्टाचार विकृति र विसंगति मौलाए, जनपक्षीय काम गर्न नसकेको भन्दै आलोचना गरिरहेका छन्। 

बैठकमा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रतिवेदन पेश गर्दै पार्टी नेतृत्वदेखि सरकारसम्मको सोचेअनुरुप कुनै काम गर्न नसकेको प्रष्टाए। प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले विकास निर्माणबारे बोलेको कुरा कार्यान्वयनमा ल्याउनन नसकेको भन्दै नेतृत्वमाथि खनिए।  

संघीयतापछि तीन तहको सरकार निर्माण भए पनि जनताले सोचअनुरुप कुनै काम गर्न नसकको केन्द्रीय सदस्य कमला रोकाले प्रष्टाइन्। बैठकका बोल्ने क्रममा तीन तहको सरकार निर्माणपछि जनताले थप दुख पाएको औँल्याइन्। स्थानीय सरकार निर्माण भएपछि पालिकास्तरबाटै झन् ठूलो भ्रष्टाचार निम्तिएको उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधनको क्रममा नेकपाको सरकार आएपछि भ्रष्टाचार कमी आएको दाबी गरिरहँदा केन्द्रीय सदस्यहरूले भने नेताहरूकै सम्पत्ति छानविन गर्नुपर्ने माग राखे। नेकपाको नेताहरूले नै थोरै समयमै धेरै सम्पत्ति जोडेको हुनाले त्यस्तो सम्पत्तिमाथि छानविन गर्नुपर्ने नेकपाको केन्द्रीय सदस्य सुरेशकुमार राईले माग गरे। 

अवैध काममा समेत नेताहरुको संलग्नता भएको आरोप लाग्ने गरेको हुनाले त्यस्तो क्रियाकलाप रोक्नको लागि भए पनि नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने उनको धारणा छ। 

प्रश्न पहिल्यैको जवाफले असन्तु‍ष्टि 

बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक जारी छ। समूहगतरूपमा नेताहरुको भनाइ राख्ने क्रम जारी रहेको नेकपाको केन्द्रीय सदस्य गणेश शाहले बताए। बैठकमा सरकारको काम कारबाही, भ्रष्टाचार न्यूनीकरण, सुशासन र जनताको बिषयमा जोड दिनुपर्ने पक्षमा नेताहरू उभिएका छन्। 

यस्तै, नेपाल–भारत सीमा विवाद, अमेरिकी सहयोग एमसीसी, यती प्रकरण, सरकारका कमजोरी र पार्टी एकताका बाँकी कामका विषयले पनि केन्द्रीय कमिटीको बैठक तातेको छ। 

बैठकमा प्रधानमन्त्री ओली सम्बोधनपछि सहभागिता जनाएका छैनन्। तर, केन्द्रीय कमिटीको सदस्यहरुले प्रधानमन्त्री ओलीको सम्बोधनसँगको बिषयलाई लिएर असतुष्टि जनाइरहेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका प्रतिवेदनमा सांगठानिक प्रतिवेदनमाथि छलफल चलिहरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.