१० क्लबले सहभागिता जनाउने

|

चितवन : चितवनकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भरतपुर गोल्डकपको दोस्रो संसकरण आगामि फागुन २४ देखि सुरु हुने भएको छ। प्रतियोगिताबारे आयोजक एजे इन्टरनेश्नलले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

प्रतियोगिता चैत्र ३ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने संयोजक आलोक प्रताप राणाले बताए। प्रतियोगितामा विभिन्न ६ वटा 'ए' डिभिजन क्लब र ४ वटा जिल्ला क्लबसहित १० क्लबको सहभागिता रहनेछ।

प्रतियोगिताका विजेता टिमले १० लाख र दोस्रो हुने टिमले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। पहिलो संसकरणमा प्रथमलाई ६ लाख, दोस्रोलाई ३ लाख पुरस्कार दिइएको थियो।

खेलमा हरेक दिनको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ। यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिने संयोजक राणाले बताए।

प्रतियोगिताको सह-आयोजकमा चितवन जिल्ला फुटबल संघ रहेको छ। प्रतियोगिता हेर्न ३ हजार दर्शक अट्ने १५० मिटर लामो प्याराफिट बनाइने छ भने भिआइपीका लागि छुट्टै २ सय अट्ने प्याराफिट तयार हुनेछ। वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकाका लागि निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ।

हरेक टिमले एन्फाको नियमअनुसार तीनजना विदेशी खेलाडी राख्न पाउने फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए। उनका अनुसार खेलाडीका लागि वर्क पर्मिट अनिवार्य गरिएको छ। संकटा क्लब साविक विजेता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.