|

इटहरी : कांग्रेस नेता रामशरण महतले बिजय गच्छदारलाई मात्र मुद्दा चलाउनु गैरराजनीतिक व्यवहार भएको बताएका छन्। प्रेस युनियनले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको बताए। 

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई बचाउने गरी गच्छदारलाई मात्र मुद्दा चलाएको भन्दै आक्रोश पोखेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा संचार मन्त्रीले डिफेन्स गर्नु भनेको पार्टीगत देखिन्छ', उनले भने, 'यो पक्षपातीपूर्ण ढंगले काम भयो।'

उनले एमसिसीको बिषयमा जनतामा भ्रम फैल्याउने गरी काम गरेको बताए। उनले वास्तविक कुरा जानकारी नभई विवाद झिक्ने काम भएको पनि बताए। यो संयुक्त रास्ट्र संघले अनुमोदन गरेको बिषय हो', उनले भने, 'वर्षमा ५ अरब डलर दिने कुरा हो। त्यो पनि निश्चित मापदण्ड पूरा गरेका मुलुकमा एमसिसी लागू गर्ने भनिएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.