|

काठमाडौं : सिद्धार्थ ग्रुपले हस्पिटालिटी व्यवसाय सुरु गरेको २२ वर्ष पूरा गरेको वार्षिक उत्सवका अवसरमा देशैभर रहेका शाखाले गेष्टहरूलाई केक खुबाएर स्वागत गरेका छन्।

नेपालगंजको चारतारे होटेल सिद्धार्थमा आयोजित वार्षिक उत्सव कार्यक्रमको शुभारम्भ नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले केक काटेर गरेका थिए। साथै ग्रुपका देशैभर रहेका २५ वटा शाखाले अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण, रक्तदान, सरसफाई कार्यक्रम गरेर वार्षिक उत्सव मनाए।

नेपालगंजको पिस सिद्धार्थ कटेजले  बाँकेको संगमनगरस्थित बालगृहका बालबालिकालाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ। त्यसैगरी, गुल्मीको तम्धासस्थित रेसुङा बहुमुखी क्याम्पसका छात्रालाई लक्षित गरेर सेनेटरी प्याड मेसिन उपलब्ध गराएको छ। त्यस्तै, सिद्धार्थ ग्रुपका शाखामा आयोजना गरिएको रक्तदान कार्यक्रममा करिब २ सय जनाले रक्तदान गरेका छन्।

वार्षिक उत्सवकै अवसरमा सिद्धार्थ ग्रुपले प्रत्येक शाखाबाट लक्की ड्रबाट दुईजना ग्राहक छनोट गरी एक दिनका लागि निःशुल्क खाजा, खाना र बसोबासको सुविधा उपलब्ध गराउने भएको छ।  २२औँ वार्षिक उत्सवकै अवसरमा सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गतका सबै शाखाले माघ मसान्तसम्म फुड र बेबरेजमा १५ प्रतिशत छुट गरेको छ।

कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपका  कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार र काठमाडौंमा रेष्टुरेन्ट, होटेल, रिसोट, ट्रेड, क्याफे, इष्ट्रिच्युट, कृषि फर्म र सहकारी  गरी २५ वटा शाखा रहेका छन्। सिद्धार्थ ग्रुपले पश्चिममा महेन्द्रनगर र झापाको विर्तामोडमा पनि सेवा विस्तार गरेको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.