नेपालमा इन्काउन्टरलाई गलत अर्थ लगाइयो

|

काठमाडौं : ३० वर्षको जागिरे अवधिमा नेपाल प्रहरीका पूर्वआइजी हेमन्त मल्लले १७ वर्ष सादा पोशाकमै बिताए। महानगरीय अपराध महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोमा रहँदाँ उनी सफल अनुसन्धान अधिकृतका रूपमा दरिए। नेपाल प्रहरीकै इतिहासमा चर्चित रानीबारी हत्याकाण्ड र सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धानमा उनले सफल अनुसन्धान गरेका थिए। 

कैलालीको साढेपानीमा जन्मिएका मल्लसँग प्रहरी संगठनमा बिताएका ३० वर्षको सम्झनाबारे उनीसँग खोतल्ने कोशिश गरेका छौँ। एकजना सफल अनुसन्धान अधिकृतका रूपमा उनले नेपाल प्रहरीलाई गहिरोसँग बुझेका छन्। कुनै पनि अपराधको जड र कारणसम्म पुग्न कैयौँ वर्ष निरन्तर अनुसन्धानको जरुरी पर्छ। एउटै घटनाको अनुसन्धानका लागि उनी १० वर्षभन्दा धेरै समय दौडिएका छन्।

तर, अहिले अपराधको गम्भीर अनुसन्धान भन्दा 'हिरोइज्म' मा रमाउने प्रवृत्ति बढेको उनी बताउँछन्। अपराधको अनुसन्धानको विधि र प्रक्रियाको फेहरिस्त नै मिडियालाई दिएर रमाउने प्रचलन प्रहरीमा बढेको भन्दै उनले चिन्ता जनाएका छन्। कुनै बेला नेपाल प्रहरीका अब्बल अनुसन्धान अधिकृत उनै हेमन्त मल्लसँग अपराधका पछिल्ला प्रवृत्ति, प्रहरीको अनुसन्धान र नेपाली समाजको चरित्रबारेमा थाहाखबरकर्मी राजु पौडेलअतिन आचार्यले बुझ्ने प्रयास गरेका छन्।

लामो समय प्रहरी सेवामा रहँदा सफल अब्बल अनुसन्धान अधिकृतका रूपमा चिनिनुभयो। रिटायर्ड भएपछि के मा व्यस्त हुनुहुन्छ?

आफ्नै काममा व्यस्त छु। आफ्नै लागि काम गरिरहेको छु। साथीहरूसँग मिलेर नयाँ परिणामुखी काम गरिरहेको छु। विभिन्न कार्यक्रममा सहभागी भएर आफ्ना नुभव बाँडिरहेको छु, नयाँ कुरा सिकिरहेको छु।

तपाईंलाई अपराध अनुसन्धानमा सफल अधिकृत भनिन्छ। कस्तो रह्यो प्रहरीमा तपाईंको सेवा अनुभव?

३० वर्ष प्रहरी सेवामा रहँदा २८ वर्ष काठमाडौंमै बसे। दुई वर्ष मात्र उपत्का बाहिरका जिल्लामा बसेँ। मेरो अनुभवले कुनै पनि काम सदैव सामूहिक भावनामा गर्नुपर्छ भन्छ। प्रहरी सेवामा सानो-ठूलो पद भनेर हुँदैन रहेछ। यसमा सबै तहका प्रहरीको उत्तिकै सहयोग र योगदान हुन्छ। सईले गर्न नसकेको काम जवानले पनि गर्न सक्छन्। सानो र ठूलो भन्ने कुराले खासै अर्थ राख्नेे रहेनछ। मलाई समयले पनि साथ दिएर होला। राम्रो मानिसको साथ र सहयोग पाएर काम गरेँ त्यहीकारण सफलता मिल्यो। सामूहिकता र सहयोगी भावना बनाएर काम गर्न सकेमा सफलता हासिल गरिन्छ।

नेपाल प्रहरीको अन्तराष्ट्रिय छवि राम्रो मानिन्छ। यद्यपी यो छवि कायम गर्न अहिलेको पूर्वाधारले पुग्छ?

नागरिकप्रति प्रहरीको सदा सम्मान र इज्जतको भाव हुन्छ। तर, नाागरिकले पनि प्रहरीप्रति अपेक्षा राख्दा रहेछन्। प्रहरीले सदा नागरिकको सुरक्षामा खटिनुपर्छ। दैनिक नागरिकका टोल-टोलमा गस्ती गइदिनुपर्छ। प्रहरीसँग प्रर्याप्त मात्रामा स्रोत साधन छैन। तर जनताको सुरक्षाका लागि भन्नेबित्तिकै जानुपर्छ। सीमित स्रोतमा पनि प्रहरीले निरन्तर काम गरिरहेका छन्। भ्याएसम्म नेपाल प्रहरीले राम्रो काम गरिरहेको छ। नेपालमा अब्बल र राम्रो क्षमता भएका प्रहरी छन तर उनीहरूलाई प्रोत्साहनको कमी छ।

प्रहरीले सोचेजस्तो काम गर्न नसक्नुको कारण के हो?

कुनै पनि मानिसलाई मार्न पाइँदैन। नेपालमा इन्काउन्टरलाई गलत अर्थ लगाइएको छ। यहाँ बलिउडको असर परिरहेको छ। इन्काउन्टर भनेको जम्काभेट हो। रियल इन्काउन्टर भयो भने त्यसमा पनि शंका हुन्छ। यसमा सरकार र संस्था दुवैको बदनामी हुन सक्छ। मुद्दा लाग्दा पनि मार्न पाइन्न। मुद्दा लागेपछि त्यसको कानुनी प्रक्रिया हुन्छ।

हरेक संगठनमा आफ्ना प्राथमिकता हुन्छन् तर इच्छाशक्ति भन्ने कुरा मुख्य हुँदोरहेछ। संगठनका प्राथमिकतामा कुनै कुनै बेला प्रभाव भन्ने तत्वले निर्णायक काम गरिदिन्छ। सीमित पूर्वाधार र निश्चित स्रोत साधनकाबीच पनि प्रहरीले चाहे जति काम गर्न सकिरहेको छैन।

अनुसन्धान गर्न इच्छाशक्ति हुनुपर्ने बताउँदै आउनुभएको छ। निर्मला बलात्कार (हत्या) काण्ड, ३३ केजी सुन तुस्करी प्रहरीलाई अहिले टाउको दुखाइ बनेका छन्। के यो इच्छाशक्तिको कमीले पुरा हुन नसकेको अनुसन्धान हो?

सरकारको प्राथमिकतामा भर पर्छ। सबै कुरा प्रहरीले चाहेर मात्रै नहुने रहेछ। पहिलो प्राथमिकतामा सरकारको हुनुपर्छ। कहिलेकाहीँ प्रहरी दायाँबायाँ हुन सक्छ, कोही बेला डगमाउन सक्छ। प्रहरी प्रशासन भनेको सरकार हो। हरेक घटनामा सरकारको रुची हुनुपर्छ। कुनै घटनाको अनुसन्धान गर्न धेरै समय लाग्न सक्छ। त्यससँग जोडिएका धेरै कारण हुन सक्छन्।

राजनीतिक हस्तक्षेपले अनुसन्धानमा असर गर्छ।  राजनीतिक हस्तक्षेपबाट प्रहरीको काममा अबरोध सिर्जना भएको हो त?

प्रहरीको काममा मजाले प्रभाव पार्छ। प्रहरीमा मात्र होइन, नेपालका हरेक संस्थादेखि कर्मचारी व्यवस्थामा राजनीतिले प्रभाव पारेको छ। राजनीतिले कतिपय अनुसन्धान प्रक्रियालाई लम्ब्याएको छ। बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री र रौतहटका मोहम्मद अफताव आलमको केशबाटै पनि प्रष्ट बुझ्न सकिन्छ। अर्को कुरा प्रहरी र कर्मचारीका काममा हस्तक्षेपले मात्रै काममा असर परेको छैन। आफ्नै अडानले काम गरेका उदाहरण पनि प्रशस्त छन्।

कानुनको रक्षक प्रहरी गम्भीर अनुसन्धान भुलेर अचेल सेलीब्रिटी बन्नतिर लागेको भन्ने पनि सुनिन्छ? के यो आरोपमा सत्यता छ?

हो, यो एउटा चिन्ताको विषय भएको छ। सेलीब्रिटी सेन्ड्रोमले काम गर्दैन। कामले सेलीब्रिटी हुनुपर्छ। सञ्चारमाध्यमले पनि काम गर्ने मानिसलाई चिन्नुपर्‍यो। काम नगर्नेलाई प्राथमिकतामा राख्नु भएन। यसले सरकारलाई पनि नराम्रो गर्छ र संस्थालाई पनि राम्रो गर्दैन। व्यक्तिलाई पनि राम्रो गर्दैन। नेपाली प्रहरी मात्र होइन निजामती कर्मचारीमा पनि यो अवस्था देखिएको छ। 


भिडियो :


सेलिब्रिटी प्रवृतिको असर के हो?

मानिसमा पहिचानको चिन्ता हुँदोरहेछ। काम गरेपछि सबैले थाहा पाउन् भन्ने हुँदोरहेछ। तर, जसले खासै केही गरेको हुँदैन, उसलाई चर्चाको भोक हुने रहेछ। यसले राम्रो काम गर्नेलाई असर पार्ने गरेको छ। गलत मानिसको बाहिर धेरै प्रचार भइरहेको हुनसक्छ तर, विभाग भित्र उसको छवि नराम्रो पनि हुन सक्छ। बाहिर प्रचार मात्रै हुँदा विभाग भित्र नराम्रो छ भने त्यसले गलत सन्देश जान सक्छ। मानिसमा नकरात्मकताको भावना सिर्जना हुने गर्दछ। 

अचेल प्रहरीले अभियुक्त सार्वजनिक गर्न हतार गर्छ। प्रहरीको काम त प्रमाण संकलन गरेर अदालतलाई सहयोग गर्ने होइन?

प्रहरीको काम प्रमाण संकलन गरेर नै बुझाउने काम हो। तर, काम गरेका छौं भनेर देखाउने हतारो भएर यस्तो भएको हो। यसले अनुसन्धान र संस्थालाई पनि राम्रो गर्दैन। विभिन्न साञ्चारमाध्यममा पूरा अनुसन्धानको प्रक्रिया सार्वजनिक भइरहेका हुन्छन । यो भनेको अनुसन्धानका नाममा हिरोइज्मको खेल हो। यस्तो गतिविधिमा संगठनले पनि रोक लगाउनुपर्छ र सञ्चारमाध्यमले पनि यस्ता कुरालाई प्राथमिकता दिनु हुँदैन।

गलत कामका लागि पैसाले शक्ति दिन्छ। शक्ति र आफ्नो प्रभाव देखाउन मानिसलाई पैसाको जरुरी हुन्छ। पैसा भए जसरी पनि शक्तिमा आइन्छ भन्ने छ, त्यसैले नराम्रो कर्मतिर लाग्न उकास्छ।एकातिर अशिक्षा छ भने अर्कातिर छिटो धनी हुने सोचले राजनीतिमा अपराधीकरण मौलाएको हो।

अदालतले अपराधी घोषित नगरी अभियुक्तलाई सार्वजनिक गर्दा उसको सामाजिक जीवनलाई प्रहरीले ख्याल गर्नुु पर्ने होइन र?

प्रहरीले घटनाको पात्रको ख्याल गर्छ। तर, सामाजिक मनोविज्ञानको ख्याल गरेर पनि काम गर्नुपर्छ। समाजले अपराधीलाई छिटो पक्राउ गरोस र थुनिहालोस् भन्ने चाहन्छ। मुद्दा भोलि चल्दै गर्छ, पहिले पक्राउ गरेर दुई दिन थुनोस भन्छ। यस्तो सोच समाज र प्रहरीले परिवर्तन गर्ने बेला भएको छ।

प्रहरीले गर्ने अनुसन्धानमा नागरिकले सहयोग गर्नुपर्छ। प्रहरीले समातेका सबै व्यक्ति अपराधी नहुन पनि सक्छन्। सामाजिक मनोविज्ञान के छ भने प्रहरीले अनुसन्धान गरेको व्यक्ति नै अपराधी हो भन्ने छ। यो गलत हो। विवेक प्रयोग गर्न प्रहरी चुक्नु हुँदैन। बढीभन्दा बढी विवेक प्रयोग गर्नुपर्छ। यसो गर्दा प्रहरीको दायित्व पनि बढ्दै जान्छ।

पक्राउ पर्ने मान्छेमाथि प्रहरीले प्रयोग गर्ने भाषा र व्यवहार कठोर हुने गरेको छ। समात्नेबितिक्कै प्रहरीले किन अपराधीकै व्यवहार गर्छ?

प्रहरीको भाषा कडा छ भन्ने बाहिर आइरहन्छ। प्रहरीकहाँ गयो भने गाली मात्र गरिरहन्छ, राम्रो बोल्दैन भन्ने छ। प्रहरीको यस्तो व्यवहार सुधार्न संगठन भित्रबाट धेरै कार्यक्रम चलाइएका छन्, हरेक पटक अभियान नै चलाइएको हुन्छ। राम्रा काम पनि भएका छन्। प्रहरी धेरै कुरामा सफल पनि भएको छ। तर, ९९ वटा राम्रा काम गरे पनि एउटा काम बिग्रँदा आलोचना भइरहन्छ।

राजनीतिक घटनाक्रम नजिकबाट हेरिरहनु भएको छ। नेपाल प्रहरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट कतिको थ्रेट देख्नुहुन्छ?

माओवादीबाट फुटेर गएको यो सानो समूह हो। सुरुदेखि बोल्दै आइरहेको छु, यो राजनीतिक मुद्दा हो। यस समूहसँग सरकारले वार्ताको पहल थालिहाल्नुपर्छ। कुनै पनि समूहबाट आपराधिक घटना हुन्छ भने सरकार अगाडि बढ्नै पर्छ। नेपाल प्रहरीले आपराधिक घटनामा स‌ंलग्न थुप्रै मानिसलाई नियन्त्रण लिइसकेको छ। कतिपय अवस्थामा नेपाल प्रहरी सफल पनि भइसकेको छ।

बैंक, व्यापार, मानिसका खुसी र अन्य गतिविधि फेसबुकमार्फत र अनलाइनमा सेयर गर्ने क्रम फेसन बनेको छ। खाना मगाउने काम पनि इन्टरनेटमार्फत भइसेकेको छ। प्रविधिले मानिसलाई डोमिनेट गर्न थालिसकेको छ। अपराध नै प्रविधिमार्फत बढिरहेको छ।

फरक राजनीति दलमा आस्था राख्ने (विप्लवनिकट) लाई प्रहरीले इन्काउन्टर गरिहरहेको छ। यो कत्तिको जायज हो?

कुनै पनि मानिसलाई मार्न पाइँदैन। नेपालमा इन्काउन्टरलाई गलत अर्थ लगाइएको छ। यहाँ बलिउडको असर परिरहेको छ। इन्काउन्टर भनेको जम्काभेट हो। रियल इन्काउन्टर भयो भने त्यसमा पनि शंका हुन्छ। यसमा सरकार र संस्था दुवैको बदनामी हुन सक्छ। मुद्दा लाग्दा पनि मार्न पाइन्न। मुद्दा लागेपछि त्यसको कानुनी प्रक्रिया हुन्छ।

राजनीतिक परिवर्तनले जसरी मुलुकलाई संघीय व्यवस्थामा लग्यो, त्यसैगरी प्रहरी पनि संघीय अवधारणा अन्तर्गत चलाउने कुरा चलिरहेको छ यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ?

यसका लागि धेरै कुराको जरुरी छ। संघीय प्रहरी व्यवस्था ऐन भएर मात्र हुन्न। शान्ति सुरक्षा ऐन पनि हेर्नुपर्छ, त्यो प्रमुख जिल्ला अधिकारीको मातहतमा छ। प्रहरीको प्रादेशिक ऐन बनाएको छ। संसदले बनाएको संघीय प्रहरी ऐन अड्किएर बसेको छ। संघीय प्रहरी ऐन पनि आउन लागेको छ, त्यो पनि छलफलको क्रममा छ। अहिले पनि प्रहरीको सबै संगठन केन्द्र सरकारले नै कब्जा गरेर राख्न खोजेको छ। मलाई के लाग्छ भने संघीय अभ्यास अनुसार अप्रेसन स्वायत्तता दिनैपर्छ। प्रहरी भर्नादेखि तालिम र अवकाशसम्मको जिम्मा संघमातहत रहनुपर्छ जस्तो लाग्छ। यसमा एकैस्तरका मानिस आउन् भन्ने हो। यो चाहिँ मेरो नितान्त व्यक्तिग विचार हो। अपरेशन स्वायतता प्रदेशलाई दिनुपर्छ। शान्ति सुरक्षा भनेको तल्लो तहसम्म पुग्नुुपर्छ। यो मेरो आफ्नो धारणा हो। 

अचेल अपराधका स्वरुप परिवर्तन भएका हुन्?

मैले राजनीतिक आन्दोलनका धेरै रुप देखिसकेको छु। पञ्चायत, बहुदल, लोकतान्त्रिक आन्दोलन हुँदै अहिलेको यस्तो लोकतान्त्रिक अवस्था पनि हेरिरहेको छु। पहिले पुरानो शैलीका अपराध हुन्थे। लुट्न आउने, डाकाशैलीमा मानिस आउने गर्थे। अहिले त अपराधका स्वरुप परिवर्तन भइसकेका छन्।प्रविधिमार्फत अपराधको घटना बढिरहेको छ। मानिसका कारोबार र व्यवहार प्रविधिसँग जोडिएका छन्। बैंक, व्यापार, मानिसका खुसी र अन्य गतिविधि फेसबुकमार्फत र अनलाइनमा सेयर गर्ने क्रम फेसन बनेको छ। खाना मगाउने काम पनि इन्टरनेटमार्फत भइसेकेको छ। प्रविधिले मानिसलाई डोमिनेट गर्न थालिसकेको छ। अपराध नै प्रविधिमार्फत बढिरहेको छ।

अचेल नेपाल लागुपदार्थको ट्रान्जिट भएको हो ?

ट्रान्जिट नेपालमा मात्र भएको भन्न नमिल्ला। विश्वका हरेक मुलुकमा लागुपदार्थ दुर्व्यसनी छन्। यसको कारोबार त्यहाँ पनि हुने गरेको छ। नेपाल प्रहरीले लागुऔषध कारोबारीमाथि कडाइ गरेको छ। जसले गर्दा हामीलाई नेपाल ट्रान्जिट भएको भन्ने लाग्ने गर्छ। गलत काम गर्नेलाई समात्नु प्रहरीको उपलब्धी हो। यसको पनि धेरै हदसम्म कम भइसकेको छ। यसलाई जति सक्दो न्यूनीकरण गर्ने प्रयासमा प्रहरी लागेको देखिन्छ।

जेलबाट निस्केका मानिस नै अपराधमा संलग्न पाइएको छ। सुधारगृहबाट निस्किएर हुने अपराध न्यूनीकरण कसरी गर्न सकिन्छ?

प्रहरीको भाषा कडा छ भन्ने बाहिर आइरहन्छ। प्रहरीकहाँ गयो भने गाली मात्र गरिरहन्छ, राम्रो बोल्दैन भन्ने छ। प्रहरीको यस्तो व्यवहार सुधार्न संगठन भित्रबाट धेरै कार्यक्रम चलाइएका छन्, हरेक पटक अभियान नै चलाइएको हुन्छ।

निगरानीमा राख्न नसक्दा यस्तो भएको हो। हाम्रो देशमा प्रविधिका स्रोत नभएर पनि यस्तो भएको हो। समयसँगै प्रविधिको विकास आजको आवश्यकता हो।

प्रहरीका अधिकारी बर्दी छोडेपछि राजनीतिक दलमा आबद्ध हुन्छन किन?

व्यस्त हुन्थे संगठनमा रहँदा तर जब सेवानिवृत्त हुन्छन तब स्वतन्त्र बन्छन्। एक्सोपज हुन यसो गरेका हुन सक्छन्। केही न केही माध्यमबाट मानिसलाई चर्चामा आइरहन मन लाग्छ, त्यसैले पनि होला।

प्रहरीभित्र पनि माथिल्लो र तल्लो दर्जाका कर्मचारीबीच समान व्यवहार छैन। प्रहरी संगठनले हरेक कर्मचारीलाई समान व्यवहार र अपनत्व महसुस गराउन नसकेको हो?

नेपालमा मात्रै होइन, विदेशमा पनि फरक छ। तर, विदेशमा छ भनेर नेपालमा हुनैपर्छ भन्ने मलाई लाग्दैन, तपाईंले भने जस्तो अवस्था पनि छैन। अहिले धेरै परिवर्तन भइसकेको छ। पहिले थियो, सधैँभरि एकनाश  हुन्न ।

राजनीतिक दलभित्र अपराधीकरण मौलाइरहेको छ। यसमा विशेष के ले प्रभाव पार्छ?

राजनीतिमा खराब चरित्रका मानिस आएर यस्तो भएको हो। अवसर नपाएको खण्डमा राजनीतिमा आउने गरेका छन्। चरित्र धेरै छन, व्यक्ति थोरै छन्। मानिसक चरित्र बुझेर कहिल्यै सकिन्न। राजनीतिलाई पैसा कमाउने साधन बनाएका छन्। राजनीतिमा लागेपछि सुरक्षित हुने भएर पनि यस्तो हुन थालेको होा।

राजनीतिक दलका नेतृत्वले विचार शून्य कार्यकर्ता बोकेर हिँडेकै हुन् त?

समाजमा जो बलियो छ, जोसँग धेरै पैसा छ, त्यसैको इज्जत हुन्छ। समाज नै त्यस्तै भइसककेो छ। राजनीतिक दलले मसल भएका मानिस खोज्न थालेका छन्। पैसा र मसलले मानिस भेला गर्न सकिन्छ भन्ने भ्रम छ। त्यही भएर दलहरूमा बौद्धिक र वैचारिक नेतृत्वको कमी भइरहेको छ। त्यसैले उहाँहरूले समाजलाई राम्रो दिशातिर लान सक्नु भएको छैन।

राजनीतिक दलमा आबद्ध व्यक्तिलाई अपराध गर्न के ले ऊर्जा दिन्छ ?

पैसाले दिन्छ। शक्ति र आफ्नो प्रभाव देखाउन मानिसलाई पैसाको जरुरी हुन्छ। पैसा भए जसरी पनि शक्तिमा आइन्छ भन्ने छ, त्यसैले नराम्रो कर्मतिर लाग्न उकास्छ।एकातिर अशिक्षा छ भने अर्कातिर छिटो धनी हुने सोचले राजनीतिमा अपराधीकरण मौलाएको हो।

आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिबिना राजनैतिक दल चल्न नसक्ने भएका हुन्?

राजनीतिक दलले मसल भएका मानिस खोज्न थालेका छन्। पैसा र मसलले मानिस भेला गर्न सकिन्छ भन्ने भ्रम छ। त्यही भएर दलहरूमा बौद्धिक र वैचारिक नेतृत्वको कमी भइरहेको छ। त्यसैले उहाँहरूले समाजलाई राम्रो दिशातिर लान सक्नु भएको छैन।

माओवादी आन्दोलन जब सकियो तब यस्तो गतिविधि फैलिएको हो। तिनीहरूको वाईसीएललाई तह लगाउन अरू दलले पनि युवालाई प्रयोग गरे। पछि त्यही शैली अपनाइयो। तिनै व्यक्तिलाई अरू राजनीतिक दलले उपयोग गरे। 

राजनीतिमा कलम भन्दा तरबार बलियो हुनको कारण के हो?

भीडतन्त्र स्थापित भएकोले हो। यो समय धेरै जाँदैन। यसको पनि आयु छ। नेताहरू भ्रममा छन्। किन यसो गरिरहेका छन्, यो बडो गम्भीर विषय भएको छ।

अपराध मौलाउनुमा राजनीतिक दलले कहीँ न कहीँबाट संरक्षण दिएर नै हो भन्ने छ नि?

केही सत्यता छ। हरेक युवाहरू अहिले कुनै न कुनै राजनीतिक दलका सदस्य छन्। तिनीहरू के सोच्छन् भने, केही भयो कि नेताले सहयोग गर्छन, त्यसैले पनि होला।

तस्बिर : शिला तिम्सिना/थाहाखबर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.