सिन्धुपाल्चोक : पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध बोल्दा आफ्नो मन्त्री पद गुमेको बताएका छन्।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले शनिबार आजना गरेको सभामुख अग्निप्रसाद सापकोटाको बधाई कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसद रहेका तामाङले भ्रष्टाचारविरुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउन परेको जिकिर गरेका हुन्।
बालुवाटारस्थित ललिता निवास बेचेर खाने धेरै रहेका बताउँदै भ्रष्टाचारविरुद्धको मु्द्दाको फाइल खोल्न आवश्यक रहेको बताए। भ्रष्टाचार नियन्त्रणका लागि ठूलादेखि साना सबैले भ्रष्टाचारीको पर्दाफास गर्न आग्रह गरे ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।