|

बारा : सर्वोच्च अदालतको ‘लेटर प्याड’ नै किर्ते गरेर सार्वजनिक जग्गा प्रधुम्नराज पाण्डेको नाममा कायम गर्ने कार्यमा संलग्‍न रहेका मध्ये प्रहरीले तीन नालाई पक्राउ गरेको छ। 

प्रकाउ पर्ने तीनजनामध्ये महागढीमाई नगरपालिका ३ का ४३ वर्षीय वहाव अन्सारी कीर्ते कागजपत्रसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। अन्सारी गएको स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिका-३ मा तत्कालीन एमाओवादीतर्फबाट वडाध्यक्षको उम्मेदवारमा उठेका थिए। 

स्थानीय तहमा माओवादीका नेतासमेत रहेका अन्सारी सार्वजनिक जग्गा पाण्डेको नाममा कायम गर्ने शुरुवाती वारेस अधिकृतसमेत रहेको इप्रका सिमराले जनाएका छ। ठूलो भू-माफियाको संग्लनताको रहेको सो किर्ते अभियानमा अन्सारीसहित ठूलो समूहको सहभागिता रहेको आशंका प्रहरीले गरेको छ। 

पक्राउ परेका अन्सारीलाई शुक्रबार नै प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको छ भने पक्राउ परेका अन्य २ जनाको नाम सार्वजनिक गरिएको छैन।

यसअघि (माघ २० गते) मालपोत कार्यालय सिमराले इप्रका सिमरालाई पत्र पठाएर प्रधुम्नराज पाण्डेले सर्वोच्च अदालतबाटै किर्ते पत्र बनाएर सार्वजनिक जग्गा भोगचलन गरिरहेकोले सर्वोच्चको अभिलेख शाखाको पत्र कीर्ते भएको सर्वोच्च अदालतबाटै ठहर भइसकेकाले सो विषयमा छानबिन गरी कानुनबमोजिम कारवाही गर्न मालपोतले प्रहरीलाई पत्र पठाएको थियो। 

इप्रका सिमराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक डिएसपी गोविन्द पुरीले प्रहरीले  सरकारी कागजपत्र किर्ते गर्ने अन्यको पनि खोजी गरिरहेको बताए।

व्यक्तिको जग्गा किर्ते गर्ने थप तीनजना पक्राउ 

त्यसैगरी, ज्ञानेश्वरी थपलियाको (त्रिपाठी)  नाममा रहेको जग्गा किर्ते गरेर अन्य व्यक्तिले वेचबिखन गर्ने कम्रमा स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले तीनजनालाई प्रकाउ गरेको छ। 

बाराको सिमरा बिमानस्थलनजिक स्थानीय थपलियाको कित्ता नं ११३० को १० धुर जग्गा विरगञ्ज महानगरपालिका १८ का बलराम रौनियार र पर्सा जिल्ला बहुदरमाई नगरपालिकाका ३ का सलिम मिया र सोही पालिका २ का शुशिलप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको हो।

उनीहरूले सरकारी कागजपत्रमा किर्ते छाप प्रयोग गरेरथपलियाको जग्गा सुनिल प्रसाद यादवको नामका किर्ते श्रेस्ता बनाएको अनुसन्धानका क्रममा भेटिएको छ। 

बास्तविक जग्गाधनी थपलियाको जग्गा बिक्री गर्न नापजाँच गर्ने क्रममा रौनियार र मियाँ पक्राउ परेका हुन् भने उनीहरूको बयानका आधारर्मा कीर्ते पुर्जाधनी यादव पक्राउ परेको सिमरा प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये सलिम यसअघि पनि गत मंसिरमा वीरगञ्ज महानगरपालिका १९ विन्दवासिनीको १ बिघा १५ कठ्ठा जग्गा कीर्ते गरेर बिक्री गरेकको मुद्दामा पक्राउ परेका थिए। 

अधिकृत वारेसनामा किर्ते गरेको अभियोगमा जग्गाधनी उमानाथ कायस्थाले लगाएका थिए भने सालिम अदालतबाट एक लाख ५० हजार धरौटीमा छुटे। थपलियाको जग्गा किर्ते गरेर बेचबिखन गर्ने क्रममा पक्राउ परेका रौनियार, मियाँ र यादवलाई सिमरा प्रहरीले प्रकाउ बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.