|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले उपत्यकाका विश्वसम्पदामा सूचीकृत सातवटै सम्पदा जोड्न साइकल लेन बनाउने बताएका छन्। आइतबार पुरातात्व विभागले सम्पदा पुनर्निर्माणबारे जानकारी गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

पर्यटकहरुलाई आवतजावत गर्न  सहज पार्नकोे लागि सम्पदालाई जोड्न साइकल लेन बनाउने योजना ल्याएकोे भट्टराइले बताए। उनले भने,‘विश्व सम्पदामा सूचीकृत भएका सम्पदाहरूलाई एक अर्कासँग जोड्न साइकल लेन बनाउने योजना ल्याएका छौँ। लेन बनिसकेपछि सम्पदाप्रेमीलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुनेछ। यसले पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्नेछ।’ 

उनले अब सडक निर्माण गर्दा ती लेनबारे पनि सोचेर योजनाअनुसार निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गरे। मन्त्री भट्टराईले भक्तपुर, पाटनलगायत सम्पदा क्षेत्रमा रातको समयमा पर्यटकलाई सहज बनाउन भ्याली नाइटको व्यवस्था गर्ने बताए।

‘सम्पदा क्षेत्रमा सहज रूपमा राति पनि अवलोकन गर्न लाइटहरु जोड्न लागेका छौँ। यसले राती जुनसुकै समयमा पर्यटक सजिलै ढंगले घुम्न पाउनेछन्।’

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिर क्षेत्र, बौद्धनाथ, स्वयम्भू, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार स्क्वायर विश्वसम्पदा सूचीमा सूचीकृत छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.