ड्राइभर पक्राउ, वनमा बुझाइँदै

|

बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले हस्तान्तरण गरेको एम्बुलेन्समार्फत वन्यजन्तु ओसारपसार गर्ने गरेको पाइएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकालाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको भेट्टिएको हो। 

आइतबार कञ्चनपुरवाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु. प. प्र. ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको भेट्टिएको हो। दिउँसो १ बजे इलाका प्रहरी कार्यालय दार्चुलाले चेकजाँच गर्दा एम्बुलेन्समा चित्तल भेट्टिएको प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको  एम्बुलेन्स चालक महेश बोहराले प्रहरीसमक्ष बयान दिएका छन्। एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चित्तल वन कार्यालयलाई बुझाउने र चालकलाई कानुनअनुसार कार्वाही गरिने प्रहरी निरीक्षक साउँदले बताए। उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.