अर्थ : बैं‌किङ

लहान मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

माघ २६, २०७६

    काठमाडौं : नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रूपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले जानकारी दिए।

    एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए। खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाइ सेवा दिइरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए। उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरे।

    शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुने गरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए। नेपाल बैंकका प्रदेश-२ का प्रमुख प्रतीभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन।

    एक्सटेन्स काउन्टरको शुभारम्भमा आन्तरिक राजश्व कार्यालय लहानका कर अधिकृत बलारामत दाहाल सशस्त्र प्रहरीका डिएसपी अर्जुन सापकोटा, बैंकको लाहान शाखाको शाखा प्रबन्धक सुरेन्द्र प्रसाद यादव लगायत सहभागी रहेका थिए।

    बैंकका प्रवक्ता अधिकारीका अनुसार हाल नेपाल बैंकले १ सय ७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ। बैंकले चाँडै नै एटिएमको संख्या १४९ पुर्‍याउन लागेको र २०७७ सालको अषाढ मसान्तसम्ममा २ सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]