प्रहरीले गर्‍यो हस्तक्षेप

|

इटहरी : राजधानीको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा सत्तापक्षका नेताहरुलाई उन्मुक्ति दिएको भन्दै सुनसरीको इटहरीमा राँके जुलुस निकालेको छ। 

पुर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेललाई बचाउन लागिपरेको भन्दै नेविसङ्घ सुनसरीले आइतवार साँझ राँके जुलुस निकालेको हो ।

बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारको गृहजिल्ला सुनसरीको इटहरीमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ। 

सरकारको निर्देशनमा गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही बनेर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भन्दै नेविसंघले आन्दोलन गरेको हो  

साँझ ६ बजे इटहरीस्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुस एक सय मिटर अगाडि पुग्न नपाउँदै प्रहरीले हस्तक्षेपमा गरेको थियो। प्रहरीले एकातिरको जुलुस रोक्न खोजेको अवस्थामा नेविसंघले इटहरीको चारै कुनाबाट एकसाथ जुलुस निस्किएको थियो।

अख्तियारले सरकारी जग्गा व्व्यक्तिकहाँ नामसारी गर्ने निर्णयको नेतृत्व गरेका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गाको स्वामित्व आफ्नो नाममा लिने नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जोगाएको कांग्रेसको आरोप छ। नेविसंघले निष्पक्ष छानबिनको माग गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.