|

चितवन : चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालास्थल निर्माणमा सहयोगार्थ आयोजित धनधान्याचल महोत्सवबाट लक्ष्यभन्दा ५ करोड रुपैयाँ बढी सहयोग सङ्कलन भएको छ। धनधान्याचल मुल समारोह समितिका महासचिव दिनेस कुमार चुकेका महोत्सवमा दाताहरुले ५५ अर्ब रुपैयाँ सहयाेग गरेका छन्‌।

यस्तै, महोत्सवको खर्च पनि अनुमान गरिएभन्दा कम भएको चुकेले जानकारी दिए। ७३ लाख रुपैयाँ खर्च अनुमान गरीएकोमा ७६ लाख रुपैयाँ मात्रै खर्च भएको तथा १५ लाख रुपैयाँ बराबरको खर्चको रकम पनि आम्दानीकै रुपमा राख्न सफल भएका चुकेले बताए। 

माघ १९ देखि शुरू भएको महोत्सव १ दिन थप गरेर २७ गत्ते सोमबार विशेष कार्यक्रमकाबीच समापन गरिएको छ। महायज्ञबाट रकम सङ्कलनको महाअभियान शुरू भएकाले आगामी दिनमा रकमको ओइरो लाग्ने समितिका संयोजक एवम्‌ सांसद विजय सुवेदीले विश्वास व्यक्त गरे। उनले धुर्मुस सुन्तली फाउण्डेसनलाई पनि रङ्गशाला निर्माणको काममा तीव्रता दिन आग्रह गरे। 

३० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा निर्माण भइरहेको छ। २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको रङ्गशालाको मैदान ४ अबको चार महिनाभित्र तयार हुने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.