एमसिसी आउँदा अमेरिकी सेना पनि पछिपछि आउँछ : गजुरेल

|

देशभक्त गणतान्त्रिक मोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो। मोर्चाका संयोजक सिपी गजुरेलले ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आफुहरुले एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेको तर्फ सरकारको ध्यानाकर्षण गराएको बताए। 

उनले प्रधानमन्त्री ओलीले एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको बताए। त्यस्तै नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपूलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताएको संयोजक सिपी गजुरेलले जानकारी दिए।

संयोजक गजुरेलले एमसीसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश भएर नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताए।

उनले ५५ अर्ब रुपैयाँ पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्‍ने काम सरकारले गर्न लागेको जिकिर गरे। गजुरेलले सरकारले नेपालको नयाँ नक्सा जारी गर्न नसकेको बताउँदै आफ्नो जमिनमा अधिकार स्थापित गर्न सत्तारुढले नै चासो नदेखाएको आरोप पनि लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.