देशैभरी मापदण्ड कार्यान्वय गर्न निर्देशन

|

हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका-४ मा रहेको एभरेष्ट पानोरमा रिसोर्ट तीन महिनाको लागि निलम्बन भएको छ।

नेपाल सरकारको सचिवस्तरबाट माघ २६ गतेको निर्णयबाट रिसोर्ट निलम्बन भएको हो। माघ ७ गते आठ भारतीय पर्यटकको मृत्यु प्रकरणले रिर्सोट निलम्बनमा परेको हो।

अबको तीन महिनापछि रिसोर्ट संचालन प्रक्रिया पुर्‍याएर मात्र संचालन गर्न निलम्बन पत्रमा भनिएको छ।

'पर्यटन ऐन, २०३५ होटल, लज, रेष्टुराँ तथा रिसोर्ट बार तथा पथ प्रदर्शन नियमावली, २०३८ र होटल वर्गीकरण तथा मापदण्डसम्बन्धी सरकारले २०७६ पौष ७ गते प्रकाशित सूचनाअनुसरण तथा प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावलीबमोजिम प्रारम्भिक वातावरणीय परीक्षण/वातावरण प्रभाव मूल्याङ्कन सम्पन्न गराई अनुमति लिएर मात्र रिसोर्ट संचालन गर्न सकिन' पत्रमा उल्लेख छ।

२०७० चैत ४ बाट  फ्युर्चना इन्टरनेशनल कम्पनीले संचालन गरेको उक्त रिसोर्ट पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिएबमोजिम स्तर वर्गीकरणसमेत नगराएको, रिसोर्ट संचालनको क्रममा प्रयाप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी भएकोले निलम्बन गरिएको पत्रमा लेखिएको छ।

यसअघि सरकारले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। घटनाको दुई दिनपछि सरकारले गठन गरेको समितिले केहि दिनअघि मात्रै सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा पाहुनाको दबाब र होटलको कमजोर व्यवस्थापनले घटना घटेको देखाएको छ।  

यस्तो छ, निलम्बन पत्र :

रिसोर्टमा माघ ७ गते  ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बालक वैष्णव र ९ वर्षीया बद्रा गरि रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्यू भएको थियो।

रिसोर्टमा ६ माघमा आएर बसेका १५ मध्ये आठजना ७ माघ बिहान अचेत अवस्थामा भेटिएपछि उनीहरूलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको थियो। लगिएका सबै मृत्यु पुष्टि भएको अस्पतालले जनाएको थियो।

देशैभरी मापदण्ड पूरा गर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन विभागअन्तर्गत होटल तथा पर्वतारोहण शाखाले सूचना जारी गर्दै ६ महिनाभित्र सबै होटल, लज, रिर्सोट, ब्रेकफाष्ट एण्ड बेड (बी एण्ड बी) लगायत होटल तथा लज संग सम्बन्धित संस्थाहरू वर्गीकरणअनुसार मापदण्डमा आउन निर्देशन दिएको छ। 

सूचनामा होटल/लजसँग सन्बन्धित पर्यटन व्यवसायीहरूलाई पर्यटन विभाग वा प्रदेश पर्यटन मन्त्रालय अन्तर्गतका निकायहरूमा अनिवार्य रुपमा दर्ता हुन निर्देशन गरेको छ।

यस्तो छ, निर्देशन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.