|

धोका दिने क्रममा दानी को भएन?

तारा रातको भयो बिहानीको भएन

 वर्षौंदेखि तिमीलाई राम्री देखिरहने,

बिग्रिएको मेरो आँखा निको भएन।

 

बिन्ती दैव! नगर भूल सेतो हुनेछ 

 जीवन रङ्ग्याइदिने कबुल सेतो हुनेछ 

साथी मलाई सकुशल घर पुर्‍याइदेओ,

 नत्र घरमा एउटा फूल सेतो हुनेछ ।

 

सम्बन्धको भित्री घेरा कुरूप नबनाइदेऊ

 निर्दोष प्रेमको चेहरा कुरूप नबनाइदेऊ

 फेर्दै हिँड्न सक्छौ,जाऊ तर जाने नाममा,

 ह्याङ्गर उप्काएर डेरा कुरूप नबनाइदेऊ।

 

 

होला रोक्ने लक्ष्मण भएनन् घेरो भएन

 सिते! हाँस्दै लंका जाँदा अफ्ठेरो भएन?

 घरबेटीको चल्ती कोठाजस्तो तिम्रो मन,

 आखिर जति सजाए पनि मेरो भएन ।

 

तिम्रो तीरको निशानामा हजारचोटि रहन मन लाग्छ

मानौं तिमी चन्दन नै हौ घोटिरहन मन लाग्छ।

 तिम्रो प्रेमबाट बसेको एउटा आदत मन पर्दैन मलाई,

दु:खेको घाउमा पनि बारबार चिमोटिरहन मन लाग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.