झण्डासहित गाडी, तर सवार हुन पाएनन् फुँयाल

|

हेटौँडा : बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बन्‍ने पक्का भएको मुख्यमन्त्रीको सचिवालयबाट सूचना बाहिरियो।

बुधबार साँझ ४ बजे नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक फुँयालले मन्त्रीको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत तय भइसकेको थियो। तर फुँयालको शपथग्रहण नै एकाएक रोकिएको छ। मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयमा फुँयाललाई नियुक्त गर्ने टुंगो लगाएको थियो। 

झण्डासहित गाडी, तर सवार हुन पाएनन् फुँयाल

बुधबार ४ बजे फुँयाललाई शपथ ग्रहणका लागि तयार हुन मुख्यमन्त्री कार्यालयले सूचनासमेत गरिसकेको स्रोतले बताएको थियो। प्रदेश प्रमुखको कार्यालयमा हुने शपथग्रहणका लागि फुँयाल तयार थिए। तर, दिउँसो एकाएक उनको सपथग्रहण नै रोकिएको हो।

मुख्यमन्त्री निकट मन्त्रालयका एक कर्मचारीका अनुसार बुधबार ४ बजे झण्डासहित गाडी प्रदेश प्रमुखको कार्यालयमा जाने भन्दै भौतिक मन्त्री चढ्ने गाडीमा झण्डा हालेर तयार भइसकेको थियो। तर, विशेष कारणले सपथ रोकिएको भन्दै रामेश्वर फुँयालले मन्त्रीको पद सम्हाल्ने मिति परिवर्तन भएको छ।

शपथग्रहण रोकिएपछि नेकपा बागमती प्रदेशभित्र रहेको विवाद पनि सतहमा आएको छ। शपथग्रहणको कार्यक्रम समेत तय भइसकेको अवस्थामा कुन शक्तिले फुँयाललाई मन्त्री बन्‍नबाट रोक्यो भन्ने चर्चा सुरु भएको छ। 

मन्त्रालयको भागवण्डाले रोकियो? 

तत्कालीन एमालेबाट प्रदेशसभामा सदस्यमा निर्वाचित भएका फुँयाललाई तत्कालीन माओवादी केन्द्र नेताले मन्त्री बन्नबाट रोकेको चर्चा हुन थालेको छ। उनलाई भौतिक पूर्वाधार विकासमन्त्री बन्न नदिन तत्कालीन एमालेका नेताले समेत लविङ गरेपछि उनको आजै मन्त्री बन्ने तयारी विफल भएको बुझिएको छ।

प्रदेश सरकारको सबैभन्दा धेरै बजेट भएको मुख्यमन्त्री पौडेलले केशव स्थावितलाई बर्खास्त गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री मुख्य मन्त्रीले नै हेर्दै आएका छन्। बागमती प्रदेश भरिमै धेरै बजेट रहेको भौतिक मन्त्रालयमा जान अहिलेका मन्त्रीहरूको समेत दौडधुप सुरु भएपछि फुँयालको यात्रा रोकिएको एक प्रदेशसभा सदस्यले बताए। 

तत्कालीन माओवादी सांसद स्रोतका अनुसार हाल सामाजिक विकास मन्त्रीको जिम्मेवारी बहन गरिरहेका युवराज दुलाल भौतिक सम्हाल्न केन्द्रसँग लविङ गरेपछि फुँयालको शपथ रोकिएको हो। तर, यसअघि पनि तत्कालीन नेकपा एमालेको भागमा परेको भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कुनै पनि हालतमा दिने पक्षमा छैनन्। मुख्य सचेतक रहेको फुँयालले हेटौंडा राजधानी र नाम बागमती राख्नका लागि मुख्यमन्त्री पौडेललाई सुरुबाटै सहयोग गर्दै आएका थिए‍।  

फुँयाल भौतिकमन्त्री हुने हल्ला केही समय अगाडि पनि चलेको भएता पनि हुन भने पाएका छैनन्। 

तत्कालीन माओवादीका मन्त्री केन्द्रमा 

बुधबार ४ बजे हुने भनिएको शपथ ग्रहण रोकेर मन्त्रिपरिषद्मा रहेको तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेल र प्रचण्डको अंगरक्षक भएर काम गरेको युवराज दुलाल शक्ति केन्द्रमा लविङको लागि पुगेको बुझिएको छ।

जम्मकट्टेल अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीको भूमिका छन् भने दुलाल सामाजिक विकास मन्त्रीको भूमिकामा छन्। दुलाल निकट स्रोतका अनुसार प्रचण्डबाट नै निर्णय गरेर दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिने तयारीमा रहेको छ। 

तर, मुख्यमन्त्री निकट स्रोतका अनुसार आफ्नो भागमा परेको मन्त्रालय कुनै पनि हालत छोड्न नसक्ने भनिरहेको छ। यो विषयमा मन्त्रीको तयारी गरेका फुँयाल भने अहिले केही प्रतिक्रिया नदिने बताए। 

नेकपाका एक प्रदेशसभा सदस्यका अनुसार फुँयाललाई मन्त्री बनाउने अधिकार मुख्यमन्त्रीको रहेकोले फुँयाल भौतिकमन्त्री हुने पक्का रहेको छ। तर, फुँयालले नै हल्ला गर्दा समस्या भएको बताए। उनले भने, 'फुँयाल जी मन्त्री बन्ने पक्का छ। तर उहाँ आफैँले आफू मन्त्री भएको कुरा मिडियामा आउँदा चिर्न सक्नु हुन्न।फेसबुकमा बधाई खाने तर दलका नेताहरूसँग छलफल नगर्ने गर्न मिल्दैन नि।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.