|

काठमाडौं : एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले आन्दोलनस्वरूप कलेज प्रशासनलाई प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा प्रशासनले अस्वीकार गरेको छ। कलेजले लिने शुल्क लगायतमा विवाद भएपछि  शुक्रबार विद्यार्थीले प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा कलेज प्रशासनले अस्वीकार गरेको हो। 

एभरेष्ट इन्जिनियरिङ कलेजका  एक विद्यार्थीले आज प्रेम दिवस भएकाले आन्दोलनका लागि प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा कलेज प्रशासनले अस्वीकार गरेको बताए।  

उनले भने,‘कलेजले  फिल्ड भिजिटका लागि उठाउने पैसा बढाउन सकेको छैन। कलेजमा शान्तिपूर्वक पढाइ हुँदैन। दक्ष शिक्षक छैनन्। सँगै बसेर परीक्षा दिँदा पनि फेल हुने शिक्षक छन्। कलेजले हामीलाई गुण्डा भनेर अपशब्द व्यवहार गरेपछि आन्दोलनका लागि  प्रेमपत्र र गुलाफको फूल दिन लागेका थियाैँ। तर,कलेजले लिन मानेन।’

 कलेज प्रशासनको लापारबाहीले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको उनको आरोप छ। 'समस्या समाधान गर्नुको साटो कलेजका आफ्नै विद्यार्थीहरूलाई नराम्रो व्यवहार गर्‍यो। शिक्षा दिने कलेजले यस्तो व्यवहार गर्नु राम्रो होइन’, उनले भने।

राम्रोसँग कलेज व्यवस्थापन गरी शिक्षा प्रदान गर्नुपर्ने विद्यार्थीको माग छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.