|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको तिर्खामा रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षमा सरकारले गरेका विभिन्‍न उपलब्धिबारे सदनलाई जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले मुलुकमा समृद्धिको अभियानमा कति काम भयो? भनेर पेस गरेका छन् साथै यसबारे  छुट्टै पुस्तकका रूपमा प्रकाशन हुने पनि उनले बताए।

त्यसक्रममा उनले नेपाल अहिले तीव्र विकास भइरहेका विश्‍वका १० वटा मुलुकमा समावेश भएको बताए। केही पछाडि भए पनि विश्‍वका तीव्र विकास भइरहेका १० मुलुकमा पर्नुमा राम्रो उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ। त्यस्तै गणतन्त्र स्थापनापछिको एक दशकसम ४ प्रतिशत मात्र आर्थिक वृद्धिदर भएकोमाअहिलेको सरकारपछि  ६ प्रतिशतभन्दा माथि भएको छ। तीन वर्षदेखि कुनै प्रद्रेशमा पनि ६ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर नरहेको पनि प्रधानमन्त्रीले बताएका छन्।

त्यस्तै सम्बोधनका क्रममा प्रधानमन्त्रीले श्रम बजारमा नयाँ बेरोजगारहरू नथपिएका र पुरानो बेरोजगारी समस्या हल गर्न नसके पनि नयाँलाई सरकारले सम्बोधन गरेका बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.