|

ओखलढुंगा : ओखलढुंगाका विकास आयोजनाहरु अनियमितताको अखडा बन्दै गएका छन्। संघीय सरकारबाट अनुदान प्राप्त स्थानीय तह तथा प्रदेश सरकारका विकास आयोजनाहरु अनियमितताको थलो बन्दै गएका हुन्।

जिल्ला समन्वय समितिले अनुगमन गरेका आयोजनामध्ये अधिकांशमा अनियमितता भएको पाइएको हो। आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालित तीन विकास योजनामा मात्रै ५३ लाख ७२ हजार ४ सय ६३ रुपैयाँ अनियमितता भएको खुलको छ। जनप्रतिनिधिलगायत आयोजना संचालनका लागि गठित उपभोक्ता समिति तथा ठेकेदार कम्पनीहरुले समेत अनियमितता गरेको पाइएको छ।

त्यसबाहेक जनप्रतिनिधिहरुले यस्ता आयोजनामा उपभोक्ता समितिमा आफन्त र नातेदारलाई पदाधिकारी बनाएको पाइएको समन्वय समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। जिल्लामा संचालित योजनामध्ये मोलुङ–एकवार–हर्कपुर पात्ले सडक आयोजनाको भुल्के खण्ड, निशंखे खेलमैदान निर्माण योजना र ढुस्के पोक्तीङखोला बरुणेश्वर विगुटार सडक निर्माण योजनामा अनियमितता भएको जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए।

ढुस्के–पोक्तीङखोला–बरुणेश्वर–विगुटार सडक निर्माण योजनामा सबै भन्दा ३४ लाख एक हजार ७ सय ९३ रुपैयाँ अनियमितता भएको पाइएको जिल्ला समन्वय समितिले जनाएको छ। त्यस्तै  निशंखे खेलमैदान निर्माण योजनामा १३ लाख पाँच हजार रकम अनियमितता भएको प्रतिवेदन उल्लेख गरीएको छ। मोलुङ–एकवार–हर्कपुर–पात्ले सडक आयोजनामा ६ लाख ६५ हजार रकम अनियमितता भएको अनुगमन प्रतिवेदनमा सार्वजनिक गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.