|

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ११ मा शनिबार ट्याक्टरले पदैल यात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। ट्याक्टरको ठक्करबाट कमलमाई नगरपालिका-११ का जयबहादुर वाइबाकी ४ वर्षीया छोरी यस्तर वाइबाको मृत्यु भएको हो।

कमलामाई नगरपालिकाको भीमानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको ना.३ त ३८९७ नम्बरको बालुवा लोड रहेको ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी वाइबालाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंतर्फ लैजानेक्रममा कमलामाई नगरपालिका-६ रातामाटास्थित बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए।

ट्याक्टर चालक कमलामाई नगरपालिका ७ बेलगाछिका २१ वर्षीया मदन स्याङबा प्रहरीको नियन्त्रणमा रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.