|

काठमाडौं : स्रष्टासँग शिलापत्रको आठौँ शृंखला 'कविका कविता' सम्पन्न भएको छ। शिलापत्रडटकमको यस मासिक साहित्यिक कार्यक्रममा युवाकविहरू रूपेश श्रेष्ठ, बिमला तुम्खेवा र बलराम दाहाल प्रस्तुत भएका थिए।

कवित्रयले आफ्ना विविध विषयका आधा आधा दर्जन कविता सुनाएका थिए। प्रस्तुत कविका कवितामा देश र समाजमा व्याप्त विकृतिसँगै राजनीतिक विसंगतिसमेत व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको थियो।

कवि बलराम दाहालले एउटा गद्यकविता र अन्य सबै छन्दकविता सुनाएका थिए भने रूपेश र बिमलाले सबै गद्यकविता सुनाएका थिए। कवितावाचनसँगै कार्यक्रम संयोजक घनेन्द्र ओझाले कविहरूसँग कविताका विविध पक्षमा अन्तरसंवाद पनि गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.