राजनीति

सरकारले समाजवादउन्मुख काम गरेको छ : नेता खनाल

फागुन ३, २०७६

    सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू-भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताए। 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा शनिबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले हालै लिपुलेक क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरेकोप्रति आपत्ति जनाए। 

    'सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्सा प्रकाशित गर्न जरुरी रहेको छ' वरिष्ठ नेता खनालले भने। 

    सरकारले समाजवादउन्मुख काम गरेको, सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दलपछि पर्ने पूर्वप्रधानमन्त्री खनालले उल्लेख गरे। हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप बलियो भएको सन्देश गएको उनले जनाए।

    कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष जेवी विकले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]