|

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धार्मिक पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

कैलालीको लम्कीचुहा नगरपालिका १ मा रहेको शिवशक्तिश्री विद्यापीठकोे नवौँ वार्षिकोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटनमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार विकास र समृद्धिको गतिमा अघि बढेको बताए। 

'सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको प्रदेश हो। धार्मिक र भौगोलिक हिसाबले पर्यटकलाई आकर्षित गर्ने थुप्रै क्षेत्रहरू छन्' मुख्यमन्त्री भट्टले भने, 'त्यसको प्रचारप्रसार र विकासका लागि प्रदेश सरकारले काम अगाडि बढाइसकेको छ।' उनले प्रदेशको धार्मिक पर्यटन विकासका लागि प्रदेश सरकारले पाँचवटा करिडोर बनाएर काम अगाडि बढ्ने लक्ष्य लिएको बताए।

कार्यक्रममा शिवशक्ति श्रीविद्यापीठका संरक्षक एक हजार आठ श्री निःशेषानन्द महाराजले समाजलाई सही बाटोमा डोर्‍याउनको लागि धर्मको संरक्षण आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.