|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसंग आयुर्वेदका ज्ञाता तथा भारतीय कम्पनी पतञ्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले भेटेका छन्।

मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वचर्चित बन्न सफल भएकामा बधाई ज्ञापन गर्दै आचार्यप्रति आफूहरुले गर्व गर्ने गरेको बताए। पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको समृद्धिमा समेत प्रयोग गर्न अनुरोध गरे। पौडेलले बागमती प्रदेश सरकार जडीबुटीहरुको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकाले लगानी भित्र्याउन अनुरोध पनि गरे। 

जवाफमा आचार्य बालकृष्णले नेपालमा रहेका बहुमूल्य जडीबुटीहरु अन्यत्रबाटै किनेर त्यसबाट आफूहरुले औषधि बनाएर नेपालमा नै पठाइरहेको बताउँदै नेपालमै उद्योग वा प्रशोधन केन्द्रहरु खोल्न सके देशले बढी आम्दानी गर्न सक्ने बताए। उनले नेपालका बहुमूल्य जडीबुटीहरुको अवैज्ञानिक दोहन भइरहेको समेत बताए। 

जडीबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा रोपण वा त्यसको वृद्धि विकासका कुनै पनि काम नभएको उनको भनाइ छ। त्यसो हुँदा अघिल्लो वर्ष प्रसस्त पाइरहेको जडीबुटीहरु अर्को वर्ष कम र अझ अर्को वर्ष झन् कम हुँदै गएको पाइएकाले त्यसतर्फ बेलैमा सोच्न जरुरी रहेको उनले सुझाव दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.