|

जनकपुरधाम : प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलालाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। आइतबार राति ४० वर्षीया महिलालाई दुई युवाले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सोनामाई भोइलका नरेश महतो र नाम खुल्न नसकेका एक व्यक्ति भारत विहारको मधुवनीका छन्। दुवै युवालाई प्रहरीले मेडिकल जाँच गराउन प्रादेशिक अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्‍धान भइरहेको धनुषाका प्रहरी प्रमुख तथा एसपी रमेश बस्नेतले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.