हेटौंडा : बागमती प्रदेशमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँललाई नियुक्त गरिएसँगै अहिले केहिबेरमा शपथ ग्रहण गर्न लागिएको छ।
यसअघि माघ २९ गते अन्तिम समयमा आएर फुयाँलको शपथग्रहण तत्कालका लागि स्थगित गरिएको थियो। भौतिक पूर्वाधार मन्त्रीको शपथ माघ २९ गते ४ बजेका लागि तोकिएको थियो। तर, त्यतिवेला पार्टीको निर्देशनअनुसार रोकिएको थियो।
आज भने शपथ ग्रहण पाँच बजे हुने बताइएको छ। मन्त्री फुयाँलको शपथग्रहणका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको र सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ।
शपथग्रहणका विषयमा यस अघि २ चोटि हल्ला चलेपछि आजको शपथग्रहण गोप्य गर्न खोजिए तापनि अन्तिम समयमा सूचना बाहिरिएको छ। आजै केहीबेरमा भौतिक मन्त्रीको रुपमा फुँयालले प्रदेश प्रमुख विष्णु प्रसाईंबाट शपथ लिँदैछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।