|

काठमाडौं : चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति’ सार्वजनिक भएको छ ।

दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ। भिडियोलाई  दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो।

नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यलाइ किन म्युजिक भिडियो निर्देशनमा लाग्नु भयो र बिशेषगरी ‘राति’ गीतको भिडियोको बारेमा प्रश्न गर्दा बज्राचार्य भन्छन्, आजकल पार्टी जाँदा पहिला जस्तो मजा लाग्दैन, सहकर्मीहरु त्यति भेट हुदैनन , चाडपर्व पनि अलि शुन्य शुन्य लाग्छ ,मलाई मात्रै होइन, वरीपरि हेर्छु, उस्तै देख्छु,फेसबुक तिर फोटो देख्छु, कहिले विदेशमा ट्रेनका सम्पूर्ण डब्बामा नेपाली भरिएको देख्छु साथै विदेश तिर आयोजना हुने आफ्नै कार्यक्रमहरुमा  उपस्थित हुने हजारौ दर्शकहरु देखेर अचम्मित हुन्छु। 

आजकल मेरा आफ्नै साथी भाईहरुसंग नेपाल भित्र भन्दा बाहिर धेरै भेट हुने गर्छ। यस्तै कुराले सोच्न बाध्य हुन्छु, यो कस्तो मोह विदेशको यो? कस्तो आकर्षण प्रवासको? मलाई राम्रो सँग थाहा छ, बाध्यता सबैको छ। बुझेको छु रहर होइन कर होला तर पनि लाग्छ सबैलाई विदेशले मोहनी लगाएकै हो।’

भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिंग गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.