|

बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा संयुक्तबीच एकताको टुंगो लागिसकेको बताएका छन्। बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले पार्टी एकताका लागि नेतृत्व, सिद्धान्त र चुनाव चिन्हको विवाद पनि मिलिसकेको खुलासा गरे।

'अब पशुपतिशमशेरजी र डाक्टर लोहनीजीको टेलिफोनको प्रतीक्षामा छु', उनले भने, 'महाधिवेशनलाई बल पुग्ने गरी पार्टी एकता हुनेछ।' उनले एकतामा ढिला भए पनि पार्टीको महाधिवेशनलगायत संगठन सुदृढीकरण अभियान नरोकिने स्पष्ट पारे । 'उहाँहरूले खबर नै गर्नु भएन भने चुप लागेर बस्ने कुरा भएन', थापाले भने, 'सङ्गठन निर्माणको काम निरन्तर अघि बढ्छ।'

फरक प्रसंगमा उनले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति कडा टिप्पणी गरे। प्रधानमन्त्रीले सरकार ढाल्न चलखेल भइरहेको भनी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भने, 'सरकार ढाल्न खोज्ने को हो?  जनताले थाहा पाउन जरुरी छ।'

राजा र राजसंस्थालाई अनावश्यक विवादमा पार्न नहुने भन्दै थापाले चुनावभन्दामाथिको साझा संस्था राजसंस्थालाई राख्नु पर्ने बताए। पत्रकार भेटमा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण बहादुर गुरुङ, प्रदेश ५ का अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री राजाराम बर्तौलालगायतका नेताहरू पनि थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.