|

प्यूठान : पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लिलामणी पोख्रेलले सरकारले मिलियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयन नगर्ने विश्वास रहेको बताए। राष्ट्रिय स्वाधिनता, स्वाभिमान भुलेर डलरको लोभमा अमेरिकी सैन्य अखडा बन्ने गरी सरकारले एमसिसी कार्यान्वयन नगर्ने विश्वास रहेको बताएका हुन्।

'हाम्रो एकता प्रकाशन गृह' प्यूठानको आयोजनामा मंगरबार जुम्रीमा भएको 'नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) यथार्थता र आवश्यकता' विषय अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुतीकरण राख्दै नेता पोख्रेलले एमसिसी अमेरिकि फौजिरण नीति रहेको दावी गरे। इण्डोप्यासिफिक रणनीतिको अंग एमसिमी रहेको र नेपालमा सैन्य अखडाको खतरा रहेको भन्दै उनले नेपाल सरकार र एमसिसि सम्झौता भए अमेरिकि फौजी रणनीति नेपालको सन्दर्भमा अमान्य जिकिर गरे।

'५० करोड डलर धनराशी मुलुको विकासका लागि आइरहेको बेला कार्यान्वयन प्रक्रियामा झमेला गर्नुहुन्नछ भन्ने तर्कहरू पनि छ' उनले भने 'तर, जतिसुकै धनराशी भए पनि राष्ट्रिय सम्मान, अस्मितामा आँच पुग्ने तथा हाम्रा आफ्ना स्वतन्त्र अस्तित्व, अन्तर्राष्ट्रिसम्बन्धका सिद्धान्तविपरीत हुँदाहुँदै एमसिसी स्वीकारे गलत हुन्छ।'

‘एसियामा आर्थिक रुपमा छलाङग मारिरहेको चिनलाई घेरी आफ्नो सुपरपावर कायम राख्न एमसिसि परियोजना आएको हो ’ नेता पोख्रेलले थपे, ‘सरकारले अमेरिकी फौजी नीति नेपालमा लागू गरी जनतामाथि बेइमानी गर्ने छैन्।’ नेपालमा अमेरिकि सैन्य क्याम्प खडा गरेर चिनलाई आर्कमण गर्ने, नेपाललाई सिरिया, अफगानिस्थान, इराकजस्तै तहसनहस गराउन सक्ने भन्ने कुरामा शंका रहेकाले पनि सरकार र नेकपाले गम्भीर रूपमा अध्ययन गर्नु परेको नेता पोख्रेलले औँल्याए।

अन्तक्रियामा प्यूठानका सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा पदाधिकारी, बौद्धिक सर्कलका व्यक्तित्व, प्रध्यापक, राजनीतिक दलहरूका भ्रातृसंगठनका नेता कार्यकर्तालगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नेता पोख्रेलले भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेका नेपाली भूमीको बारेमा जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.