राजनीति

समृद्धिको यात्रामा नकारात्मक प्रचारले रोक्न खोजियो : प्रधानमन्त्री ओली

फागुन ७, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्धिको यात्रामा नकारात्मक कुराको प्रचार गरेर अवरोध गर्न खोजिएको गुनासो गरेका छन्। 

    सरकारविरुद्ध अवरोध सिर्जन गर्न खोजिएपनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनको भनाइ छ।  ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आगामी दिनमा गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै सरकारले समृद्धिको  यात्रामा लम्किरहेको बताए।  

    समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम शुरु गरेको, केही शुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भइसेको प्रधानमन्त्री ओलीको भनाइ छ।  आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको दाबी पनि गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]