बाँके-बर्दिया तत्काल कर्णालीमा गाभिँदैनन्

|

सुर्खेत : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनचाहनाअनुसार प्रदेशको संरचनामा परिर्वतन हुन सक्ने बताएका छन्। बुधबार सुर्खेतमा सञ्चारकर्मीसँगको कुराकानीको क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

‘संघीयता जनताको लागि ल्यायका हौँ, कार्यान्वयनको क्रममा कहीँकतै असहज परिस्थिति सिर्जना भएमा बनावट परिर्वतन गर्न सकिन्छ’ उनले भने, ‘तर, तत्कालै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा भन्‍ने हल्ला जस्तो चाहीँ होइन।’ 

प्रदेशको नाम र राजधानी तोक्ने क्रममा प्रसंगवश बागमती प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा पर्सा, रौतहटलाई बागमतीमा तथा रामेछाप, दोलखा र सिन्धुलीलाई प्रदेश २ मा बाँके र बर्दियालाई कर्णालीमा, बारा लग्‍न सकिने बताएका थिए।  

यस्तै, कर्मचारी समायोजनको बिषयमा तत्कालै समाधान निस्कने उनले बताएका छन्। ‘ऐन निर्माण ढिलाइ भएको छ। त्यसैले प्रदेशले कर्मचारी भर्ती गर्ने बारेमा ऐन तत्कालै हुन्छ,’ उनले भने। 

ऐन निर्माणपछि मात्रै बजेट कार्यान्वयनमा समस्या नआउने उनले जिकिर गरे। प्रदेशले नै कर्मचारी भर्ती गर्ने व्यवस्था भएपछि बजेट कार्यान्वयन  सहजै हुने भएकाले विकासमा समस्या नआउने बताए। प्रदेश कमिटी र पार्टी नेतादेखि मन्त्रीहरुले पनि कर्मचारीको बिषयमा ध्यानाकर्षण गराएको जनाए। 

पार्टी एकता सुदृढीकरण गर्न फागुन महिनाभर प्रदेशस्तरीय अभियान सञ्चालन गरेको उनले जानकारी दिए। वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेललगायतको टिमले पार्टीको भेला सम्पन्‍न भएपछि कर्णली प्रदेशको विकास निर्माण पनि पार्टी र संघीय सरकारले ध्यान दिने उल्लेख गरे। 

चिनियाँ राष्टपति भ्रमणमा आउँदासमेत कर्णली विकासलाई प्राथामिकता दिएको बताए। संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर कर्णली विकासको लागि प्याकेज निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.