|

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको अब आफ्नै कार्यालय भवन बन्ने भएको छ। भक्तपुरको सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको भवन रहेकै स्थानमा आयोगको कार्यालय भवन बनाउने तयारी गरिएको हो।

त्यसका लागि शिक्षा विभागले करिब १५ रोपनी जग्गा आयोगको नाममा छुट्याइसकेको छ। आयोगले पनि भवन बनाउनका लागि २ करोड ८० लाख रुपैयाँ विनियोजन गरिसकेको छ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले भने, ‘भवन विभागले नक्सा तयार गरिसक्यो र काम पनि अगाडि बढिसक्यो। अब सायद एक दुई महिनाबाट काम सुरु भइहाल्छ,नपुग बजेट सरकारसँग माग गर्नेछौँ।’

उपाध्यक्ष गिरीका अनुसार प्रिफ्याब पद्धतीबाट भवन निर्माण गर्न लागिएको बताए। केही भवनमा एक तल्लासम्म थपिने र अरू त भुइँ तला नै रहने तरिकाले नक्सा भवन विभागले बनाइसकेको छ।

यसैबीच मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा भवनको नक्साबारे समेत छलफल भएको थियो। बालुवाटारमा बसेको बैठकमा भवन विभागका प्राविधिकहरूले आयोग भवनको नक्सा प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.