युवतीले खुलाए घटना

|

भद्रपुर : युवतीलाई आर्थिक प्रलोभन देखाई झापाको मेचीनगरमा कोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका-५ घर भई हाल झापाको मेचीनगर नगरपालिका-७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल,  मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका-६ बस्ने ४६ वर्षीय सूर्य भनिने श्यामप्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

तीनजना पक्राउ परेसँगै दुई युवतीलाई त्यहाँबाट उद्धार गरी प्रहरीले घर पठाइ दिएका छन्। यता, पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

युवतीले खुलाए घटना

प्रहरीका अनुसार बिहीबार बिहान मेचीनगर ६ स्थित सडकमा अन्दाजी २० देखि २१ वर्षका दुईजना युवतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गरेका थिए। सोधपुछको क्रममा ती दुई युवतीले आफ्नो घर भक्तपुर र मोरङ बताएकी थिइन। युवतीले झापा जिल्ला बाहिर आफ्नो घर बताएपछि प्रहरीले थप सोधपुछ सुरु गरे। प्रहरीले गरेको सोधपुछको क्रममा युवतीले यौन धन्दा चलाएको घटनाको खुलस्त गरिन।

युवतीले प्रहरीलाई दिएको बयान अनुसार पक्राउ परेका ती व्यक्तिहरूले मेचीनगर ७  स्थित प्यारीभिट्टामा १६ कोठा भएको चार तले घर भाडामा लिएका थिए। सोही घरमा झापा बाहिर जिल्लाका युवती राख्ने र कोठामै ग्राहक बोलाएर यौन धन्दा चलाउँथे। त्यति मात्र नभई ती व्यक्तिले ग्राहकको चाहना बमोजिम युवतीहरूलाई यौन सम्पर्क गराउन झापाका विभिन्न होटेल तथा लजमा समेत पठाउँदै आइरहेका थिए।

युवतीले दिएको बयानलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक पोखरेलले भने, 'एक दिनमा पाँचदेखि ६ जना व्यक्तिसँग यौन सम्बन्ध राख्न लगाउने गरेको र प्रति व्यक्ति प्रति घण्टा ५०० र रात समयमा बाहिर होटेलमा पठाउँदा प्रति रातको  २५०० सयसम्म रकम दिने प्रलोभन युवतीलाई दिएको थियो।’ युवतीले यो काम गरेबापत अहिलेसम्म १० हजार रकम मात्र पाएको खुलाएको उनले बताए।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.