|

दाङ : प्रदेश-५ का मुख्यमन्त्री शंखर पोख्रेलले सामाजिक र आर्थिक विकास पर्यटनसँग जोडिएको बताएका छन्। शुक्रबार शिवरात्रिका अवसरमा दाङको  घोराहीमा रहेको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले पर्यटन क्षेत्र नै आर्थिक तथा सामाजिक विकासको आधार भएको बताए।

धारापानी धाम विश्वकै आकर्षणको केन्द्र बन्न सक्ने भन्दै उनले यसको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए।  उनले धारापानी क्षेत्रलाई बृहत धाम बनाउने गरी सरकारले लागनीलाई बढाएको समेत बताए। उनले चालुआर्थिक वर्षमा पनि प्रदेश सरकारले दुई करोड रुपैया विनियोजन गरेको समेत बताए।

मुख्यमन्त्री पोख्रेलले पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयले त्यसबाट लाभ लिन पुग्ने कुनै व्यवसाय संचालन गर्नुपर्ने बताए। उनले स्थानीय स्तरबाटै भएको प्रयास दिगो र प्रभावकारी हुने भन्दै धारापानीको विकासलाई स्थानियको समृद्धिसँग जोड्नुपर्ने बताए। मुख्यमन्त्रीको उपस्थितिमा घोराहीको रिपुमर्दन गणका नेपाली सेनाले सलामी गरेका थिए। शिवरात्रीको अवसरमा धारपानि मन्दिरमा भब्य मेला लाग्ने गर्दछ। जहाँ विश्वको सबै भन्दा अग्लो त्रिशूलसमेत राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.