|

सिरहा : प्रदेश २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बिमा कार्यक्रम’अन्तर्गत बिमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा सुरु गरिएको छ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ पछि जन्मिएका छोरीको बिमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बिमा शिविर जारी रहेको छ।  त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुबिसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ। 

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बिमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए। 

सिरहाको सुखीपुर नगरपालिका–१० की रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा  शुरु गरिएको पाठकले जानकारी दिए। सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बिमा गरिएको जनाइएको छ।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.