|

काठमाडौं : अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तीव्रता दिएको छ।

शनिबार काठमाडौं महानगरपालिका-३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ। त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो।

महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ । वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरे पनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताए। ‘पटकपटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौँ’, उनले भने।

प्रदेशसभा सदस्य गणेश दुलालले प्रमाणहरूका आधारमा भत्काएको ठाउँको जग्गा सरकारको नाममा रहेकोले टहराहरू भत्काइएको बताए। ‘सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि एकजना व्यक्तिले भाडामा लगाएको थियो। बारम्बार सूचना जारी गर्दापनि अटेर गरेपछि आज घरटहरा भत्काएका हौँ। यो क्षेत्रमा रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा फिताए गर्ने अभियानका साथ अगाडी बढेका छौँ’, उनले भने।

स्थानीयले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन्। जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरू भत्काएको आरोप स्थानीयको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.