|

इरानमा शनिबार थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। योसहित इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।    

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन्। इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताएका छन्।

अहिलेसम्म २६ देशका एक हजार १५२ जनामा कोरोनाको संक्रमित भएको पुष्टि भएको छ। तीमध्ये आठ जनाको मृत्यु भइसकेको छ। चीनमा अहिलेसम्म ७५ हजार ५६७ जनामा संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये दुई हजार २३९ जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.