काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक विमोचित भएको छ। प्रधामन्त्री ओलीद्वारा लिखित ‘भिजन टु एक्सन‘ नामक पुस्तक सार्वजनिक गरिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजिक कार्यक्रमका शताब्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद् सत्यमोहन जोशी पुस्तक विमोचन गरेका हुन्।
६९औँ जन्मदिवसको अवसरमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।