|
प्रतीकात्मक तस्वीर

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ कमलबारीमा बसको ठक्करबाट एक महिलाको पहिचान खुलेको छ। मृत्यु हुनेमा सोही वडाको देउराली थानीगैह्राकी ५५ वर्षीय विष्णुमाया घर्ती रहेकी छन्।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग. १ख ९६१८ नम्बरको बसबाट झेरेर गन्तव्यतर्फ लाग्ने क्रममा साइडबाट जाँदै गर्दा सोही बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

घर्तीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको लामिछानेले बताए। शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ भने थप अनुसन्धानका लागि बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.