|

काठाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले अनुसन्धान गर्ने बताए।

प्रमुख सचेतक गुरुङले शनिबार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिए पनि विनाग्लोबल टेण्डर भएको हुनसक्ने बताए। उनले कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यही बीचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताए। उनले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताए। उनले मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानुनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने बताए।

नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसिसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमसिसीका सर्तमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने बताए। उनले सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिए पनि पार्टीको निर्णय नै अन्तिम हुने बताए।  

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले सामन्ती व्यवस्थामा शोषण गरिएजस्तै प्रजातन्त्रको वैधानिकता लिएर नवसामन्तवादी शोषणको अध्याय सुरु भएको बताए। उनले सेक्युरिटी प्रेसका विषयमा मन्त्रीको अडियो सार्वजनिक हुनु र मन्त्रीमात्र यसमा संलग्न हुन नसक्ने भएकाले यसको पछाडि भएका सबैमाथि छानविन हुनुपर्ने बताए। उनले प्रधानमन्त्री ओलीले पनि नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए।

उनले वैदेशिक लगानी ल्याउनुपर्ने तर एमसीसीमा रहेका असमान सम्झौतामा सुधार गर्नुपर्ने बताए। त्यस्तै सरकारको बजेट पूर्णरुपमा असफल भएको र बजेटले सबै तहमा भ्रष्टाचारलाई विकेन्द्रीकरण गरेको बताए। त्यस्तै धर्म निरपेक्षताको नाउँमा नेपालको संस्कृतिमाथि हमला हुँदा समेत सरकारले चासो नदिएको आरोप समेत लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.