|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्।

दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरूबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए। समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले बताए। दुवै छिमेकी देशहरूका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भए पनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे।

‘देशको यो स्थिति, यो आकारलाई नकारात्मक ढंगले बुझ्ने र त्यसैलाई दोष लगाएर बस्ने दुई। ठूला ढुंगाका बीचको सानो तरुल भनेर फैलिन पाउँदैन होला। फैलिन परेको छैन्। यसैमा समृद्धि बनाएर हुन्छ नी। हामी दुई ढुंगाको बीचमा छौँ भने फैलिन नपाउने होला तर यहि समृद्धि हासिल गर्न सकिन्छ। त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, उनले भने, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन्। सूर्यका वरिपरि घुम्ने नौं ग्रहलाई डोरीले झुण्ड्याएको छैन्। यो दुनियाँ धर्ती र प्रकृति नै सन्तुलनमा छ। हामीले संसारको सबै सन्तुलन गर्नुपरेको छैन्। दुईवटा छिमेकी मिलाउने हो। यो पनि ठूलो कुरा हो र? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ।’

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पधालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताए। अरूलाई आफूभन्दा नीच देखाएर ठूलो हुन नकिने बताउँदै उनले भने, ‘अर्काको कापी च्यातेर आफू अगाडि हुने होइन्। यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नति गर्छ। अरूको विगारेर आफू सप्रिने होइन्। अरूलाई पनि सप्रिन मद्दत गर्ने र आफू पनि सप्रिने बाटो हामीले लिनुपर्छ।’ देशमा विकासका सबल सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले जस्तोसुकै संकट आएपनि नडगमगाने अर्थतन्त्रत्र निर्माण गर्न सकिने बताए।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताए। दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, ऊर्जा उत्पादनमा असाधारण तीव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उनले बताए।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताए। जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पुर्‍याउन सकिएन भने केही गर्न नसकिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.